सन्तोष गौतम /नवविकल्प
विकल्प न्यूज/बेनी
पुस २७ गते ।
मेक्सीकोबाट पैदलमार्ग भएर अमेरीका जान हिडेका नेपाली समेतका आप्रवासीहरु । तस्विर माईसन्सार डटकमगुगल
म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी पछिल्लो समय असुरक्षित बनेको छ । अबैध बाटो भएर असुरक्षित रुपमा युरोप र अमेरीका पुग्ने सपना बुनेका युवाहरु जाना जान ठगीन बाध्य छन् ।
राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुबिधासम्पन्न जिवनशैली बिताउने मानव तस्करको प्रलोभनमा परेर युरोप हिडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तै मध्यका एक हुन म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षिय धनमान पुर्जा ।
“युरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो” धनमानकी श्रीमती दालसुवाले गहभरी आँसु पार्दै भन्नुभयो “तर कहिल्यै नर्फकनेगरी यो संसारबाट बिदा हुनुभयो ।” लिबियादेखि सामुन्दी्रक बाटो हुँदै ईटाली छिर्न नेपालबाट निस्कीएका पुर्जाको सपना मानवतस्करले डो¥याएको बाटोमै चकनाचुर भयो ।
पुर्जाका श्रीमती, ४ छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन् । कात्तिक १२ गते लिवियाबाट ट्युवको डुङ्गामा राखेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसंगै गएका नेपालीहरुले एनआरएनए, स्विटजरल्याड स्थित नेपाली दुतावास मार्फत परिवारलाई खबर पठाएका थिए ।
अबैध रुपमा गएको र आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै अन्त्यस्टी गरेर परिवारले मगर संस्कार अनुसार काज किरीया गरेका थिए । धनमानको तिन छोरा र १ छोरी छिन् । १२ वर्षिय जेठा छोरा अपाङ्ग छन् । “गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौ” दालसुवाले भन्नुभयो ।
बिदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरब्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमुलीको निधन पछि बिचल्लीमा परेका छन् ।
पुर्जाका परिवारलाई गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार बेनीमा हस्तान्तरण गरिएको थियो । बेल्जीयममा रहेका नेपालीहरुबाट ९३ हजार ६०० रुपैयाँ संकलन भएको थियो ।
पुनद्धायले व्यक्तिगत रुपमा सोह् हजार चार सय रुपैयाँ थप गरेर एक लाख दश हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो । वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको रोहबरमा बेनीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । बालबालीकाको पालनपोषण र पढाईमा सहयोग पुगोस भनेर सहयोग गरिएको बेल्जीयमबाट आउनुभएका पुनद्धायले बताउनुभयो ।
पुर्जाले वैदेशिक रोजगारीका क्रममा २ वर्ष युएई र २ वर्ष बहराईनमा काम गरेका थिए । ईटाली स्थित शरणार्थी शिवीरमा रहेका धनमानसंगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै ईटाली छिराउन मानव तस्करहरुले अफ्रिली मूलका आप्रबासीहरुसंगै सामुन्दी्रक ढुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए ।
चार वर्षअघि अबैध बाटो भएर अमेरीका जान हिँडेका धौलागिरी गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुन्द्रमा डुवेर निधन भएको थियो । केसीसंगै गएका म्याग्दीकै युवाहरुले सामान बोक्ने दुङ्गामा कोचीएर समुन्द्र पार गर्ने क्रममा डुवेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए । पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवाहरु मानव तस्करको फन्दामा परेर अबैध बाटो भएर युरोप र अमेरीका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टी गरेको छ ।
देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निरास भएका सोझासाझा युवाहरुलाई वैदेशिक रोजगारीका नाममा भिजिट भिसा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ । अमेरीकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछी उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अबैध बाटो भएर अमेरीका पुगेका नेपालीहरु फर्कन थालेका छन् ।
एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिवीरमा बस्ने र पछि अदालती प्रक्रिया पुरा गरेर बैधानीक हुने गरेका थिए । त्यसरी अमेरीका पुगेका केही व्यक्तिले राम्रो कमाई गरेको उदाहरण देखाएर दलालले बिशेष गरेर यसअघि खाडी मुलुकमा काम गरेर फर्कीएका, समाजमा राम्रो हैसीयत भएका तर रोजगारी नपाएर भौतारीका युवाहरुलाई निशाना बनाएका छन् ।
नेपालबाट भिजिट भिसामा युएईको दुवई पु¥याउने र युएईको सारजाह अजमानमा कोठा भाडा लिएर महिनौ राख्ने अनी जलमार्ग हुँदै लिवियाको बाटो भएर युरोप पु¥याउने गरेका त्यहाँ पुगेका नेपालीहरुले बताएका छन् । युरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०२५ देखि ५०६० लाख लिने गरेका अबैध बाटो भएर अमेरीका पुगेका म्याग्दीका एक युवाले बताउनुभयो ।
मानव तस्करहरुले देखाउने प्रलोभन भन्दा त्यहाँको वास्तविकता फरक रहेको छ । बाटोमै तिन देखि चार महिना लाग्ने गरेको छ । सुरक्षाकर्मीको आँखा छल्दै समुन्द्र र जंगलको बाटो हिड्नुपर्छ । दक्षिण अफ्रिकी द्धन्द्धग्रस्त मुलक मेक्सीको, कोस्टारिकाको बाटो भएर समेत केही म्याग्देली अमेरीका छिरेका छन् ।
“पछिल्लो समय आप्रबासीहरुप्रति लिएको कठोर नीतिका कारण युरोप, अमेरीकामा आएर बैधानिक बन्न जटिल बनेको छ” अमेरीकामा रहेका एक म्याग्देलीले भन्नुभयो “जोखिमपूर्ण यात्रा, अबैध बाटो भएर यहाँ आईपुगे पनि बैधानीक बन्ने, काम पाउने र कमाई हुने सम्भावना न्युन छ ।”
अबैध बाटो युरोप अमेरीका पुगेका नेपालीले पहिले द्धन्द्धका कारण विस्थापित भएको र अहिले भूकम्पका कारण घरवार बिहीन भएको भन्दै बैधानीक बन्नका लागि त्यहाँको अदालत जाने गरेका छन् । त्यसका लागि नेपालमा द्धन्द्ध र भुकम्प पीडितको अबैध कागजात बनाउने गरेका छन् ।
पछिल्लो समय शरणार्थीको नाममा पुगेकाहरुलाई त्यहाँका प्रहरीले समातेर सिधै सम्बन्धित देशको दुतावास मार्फत आफ्नै देशमा फिर्ता पठाउन थालेको छ । आप्रबासी कामदारहरुको अधिकारकर्मी डाक्टर मिना पौडेलले मानव तस्करले विभिन्न बाहना र प्रलोभनमा पारेर नेपालीहरुलाई तस्करी गरिरहेकाले सचेत हुनुपर्ने बताउनुयभो ।
“बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिएर, बैदेशिक रोजगारका लागि स्विकृत प्राप्त देशमा, आफ्नै देशको विमानस्थलबाट मात्र जानुपर्छ” डाक्टर पौडेलले भन्नुभयो “अबैध रुपमा जाँदा ठगीने र दुःख पाउने समस्या हुन्छ ।”
बैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिटे्न्सले म्याग्दीको अर्थतन्त्र धानीएपनि सुरक्षित र व्यवस्थित बनाउन कसैलो चासो देखाएका छैनन् । जसका कारण म्याग्देली युवाहरु अदक्ष कामदारका रुपमा बिदेशिने गरेका छन् । अबैध बाटो भएर बिदेशीदा ठगी र जोखिम दुवै हुनेतर्फ सबै पक्ष सचेत हुनु आवश्यक देखिन्छ ।
स्थानीय तह र सरकारी निकायले सुरक्षित वैदेशिक रोजगारीका लागि चेतनामुलक कार्यक्रम र सीपमुलक तालीम सञ्चालन गर्नुका साथै स्वदेशमै स्वरोजगार बन्ने वातावरण बनाउन ढिलाई भैसकेको छ । नवविकल्प साप्ताहिक वर्ष १० अंक १५ मा प्रकाशित