सन्तोष गौतम/विकल्प न्यूज
बेनी २६ पुष ।
पर्वतको जलजला गाउँपालीकामा बुधबार गाउँपालीका स्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति गठन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरणको आयोजनामा भएको पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रम पश्चात समिति गठन भएको हो ।
समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल, उपाध्यक्षमा सिमा गर्बुजा र सदस्यहरुमा ९ वटै वडाका अध्यक्ष, कार्यपालीका सदस्य, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाका प्रमुखहरु रहनुभएको गाउँ कार्यपालीकाका प्रवक्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो ।
कार्यक्रममा परियोजनाका वास ईञ्जिनियर प्रशन्न पाण्डेले सहजिकरण गर्नुभएको थियो । जलजला गाउँपालीकाको वडा न. ६ शालीजा र ७ धाईरीङमा परियोजनाले एक घर एक धारा अवधारणा अनुसार खानेपानी आयोजना र सरफाई कार्यक्रम सञ्चालन गरेको छ । यसअघि तत्कालीन जिल्ला विकास समिति मार्फत सञ्चालन हुदै आएको परियोजना राज्यपुनसंरचानपछि स्थानीय तहमा हस्तान्तरण भएको हो ।