म्याग्दी समाचार
सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनिक
सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ माघ ।गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको आवश्यकता पहिचान गरि […]
बेनपाको योजनामा उपभोक्ताको बेवास्ता
विकल्प न्यूज/बेनी माघ ११ गते ।बेनी नगरपालिकाले यही माघ १५ गतेसम्म उपभोक्ता समितिहरु योजना सम्झौता गर्न नआए ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । गत असारमा भएको नगरसभाबाट बजेट बिनियोजन भएको पूर्वाधार योजनाको काम गर्न उपभोक्ताले बेवास्ता गरेपछि हालै बसेको नगर कार्यपालीका बैठकले पाँच लाख रुपैया भन्दा बढी बजेट बिनियोजन भएका योजनाको सम्झौता गर्ने […]
राष्ट्रिय वाणिज्य बैङ्क बेनी शाखामा उत्कृष्ट कर्मचारी पुरस्कृत
विकल्प न्यूज/विकल्प न्यूज बेनी १० माघ । पूर्ण सरकारी स्वामीत्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले ५४ औ स्थापना दिवसको अवसरमा बुधबार उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । वार्षिक उत्सवको अवसरमा कार्यालयमा आयोजित कार्यक्रममा शाखाका सहायक बिजयराज पौडेललाई नगद पाँच हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । शाखा प्रबन्धक धु्रबराज पनेरु, केन्द्रिय कार्यालयका सम्भु शर्मा, सेवाग्राही […]
‘हाइड्रो भिलेज’ नारच्याङबासीलाई सेयर तालिम
विकल्प न्यूज/बेनी माघ १० गते । हाइड्रो भिलेजका रुपमा स्थापीत म्याग्दीको उत्तरी क्षेत्रमा रहेको अन्नपुर्ण गाउँपालिकामा मेरोलगानीले सेयर तालिम आयोजना गरेको छ । गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा स्थानीयलाई सेयर बजारका बारेमा तालिम प्रदान गरिएको हो । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीसँगको सहकार्यमा उक्त तालिम […]
जलजलालाई पर्यटकीय गन्तब्य बनाउन पहल
विकल्प न्यूज/जलजला पर्वत,माघ १० गते । पर्वत, म्याग्दी र कास्कीको सिमा क्षेत्रमा पर्ने जलजलाको लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ । पर्वतको जलजला र मोदी, म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय, धार्मीक र जैविक बिबिधताका हिसाबले प्रशस्त सम्भावना बोकेको जलजला क्षेत्र पूर्बाधार, प्रचारप्रसार र खोज अनुसन्धानको कमीका कारण ओझेलमा […]
मुस्ताङमा हिमपात
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । […]
स्थानीय तहको अनुभवहीनताले संघीयता धरापमा
दिवाकर पौडेल/विकल्प न्यूज माघ ९ गते । मुलुक कछुवा-गतिमा संघीयतामा प्रवेश गरिरहेको छ । सिंहदरबार र जिल्लास्तरमा केन्द्रीकृत सेवाहरु जनताको घरदैलोमा पुर्याउने गरी तीन तहको सरकारको परिकल्पना गरेर तीनै तहको निर्वाचनसमेत सम्पन्न भइसकेको छ । अब विस्तारै स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु ठूलो अपेक्षा र भरोसाका साथ जनताका समस्या सम्बोधन गर्न लागि परेका […]
बाँसखर्कको सुन्तला बजार पठाउन सुरु
विकल्प न्यूज/जलजला माघ ९ गते । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका कृषकले सिजन सकिनै लाग्दा सुन्तला बजार पठाउन थालेका छन् । बढी मूल्य पार्नका लागि पुष सम्म बोटमै सुन्तला राखेका बाँसखर्कका कृषकले माघ सुरु भएलगत्तै सुन्तला टिपेर बजार पठाउन थालेका हुन् । गाउँकै युवाहरुले सुन्तला खरिद गरेर पोखरा, काठमाडौ, भैरहवा, बुटवल, नारायणघाट, बिरगञ्जको बजारमा पठाउन थालेका […]
दृष्टीबिहीन विद्यार्थीलाई न्यानो कपडा
विकल्प न्यूज/बेनी माघ ९ गते ।अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालिका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ निलकण्ठ सुवेदीको रोहबरमा अनेरास्ववीयु म्याग्दीका […]
कला संस्कृति संरक्षणमा चुनौती
लोकेश पुनमगर/विकल्प न्यूज माघ ९ गते । विश्व आधुनिकता तिर लम्कीरहेको छ । अहिलेको युग आधुनिक युग हो । संञ्चार र प्रविधिको तिव्रतर विकास सँगै विश्व आज एउटै घर बन्न पुगेको छ । आधुनिक संस्कृति र संस्कारले हाम्रो समाजलाई चारैतिरबाट घेरिरहेको छ । हामीले आधुनिकतालाई आत्मसाथ गर्दै गर्दा हाम्रो पहिचानलाई पनि भुल्दै जानथालेका छौं । […]
अन्नपूर्ण गाउँपालिकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१ हजार २८५ […]
नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिँदै
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो । नगर क्षेत्रभित्रका […]
सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड
सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो । प्रजिअ कृष्णप्रसाद […]
मुस्ताङमा पर्यटक आगमन चौतिस प्रतिशतले बढ्यो
निरज थकाली/विकल्प न्यूज मुस्ताङ ९ माघ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुको संख्या चौतिस प्रतिशतले बढेको छ । २०१६ को तुलनामा ३४.४९ प्रतिशतले पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोम स्थित ईलाका कार्यालयले जनाएको छ । सन २०१७ मा ५२ हजार ४७५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका सुरेश थापाले जानकारी […]
घार स्वास्थ्य चौकीको भवन निर्माण सुरु
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य सुरु भएको हो । श्रीपञ्चपी पर्वको अवसर पारेर वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले सोमबार भवनको संयुक्त रुपमा शिलन्यास गर्नुभयो । दुई तले भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङ्गमैत्री भवन निर्माणका लागि एक करोड ५६ […]