ताजा समाचार:
Search

म्याग्दी समाचार

सुध्रिएनन् बेनीका मासु पसल, गुणस्तरहिन मासु बेच्दै

प्रताप बानियाँ /बेनी म्याग्दी, जेठ ८ – पटकपटक अनुगमन गरेर सचेत हुन आग्रह गरे पनि म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका मासु पसलहरु अझै सुध्रिन सकेका छैनन् । सोमबार बेनी नगरपालिका कार्यालयको आयोजना र पशु सेवा शाखाको वार्षिक कार्यक्रम अनुसार गरिएको अनुगमनका क्रममा बजारमा रहेका मासु पसलको हालत पुरानै अवस्थाको रहेको पाइएको छ । विगतमा […]

यसरी हट्यो धौलागिरी आधार शिवीरको फोहोर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ जेठ ।   संसारको सातौ (आठ हजार १६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिवीरको फोहोर हटाइएको छ । धौलागिरी गाउँपालिका ४ बगर गाउँका बासिन्दाले आरोही, पदयात्री, पर्यटक मजदुर, भरीया र तिनका सहयोगीले फालेका फोहोरलाई ब्यवस्थापन गरेर आधार शिवीरको सरसफाई गरेका हुन् । धौलागिरी आधार शिवीरमा बर्षौदेखि थुप्रिएको फोहोर ईटली आधार शिवीर […]

अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाई

धिरन खत्री /विकल्प न्यूज पोखरेबगर ८ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी व्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको अध्यक्षतामा सुनिता […]

मुनामा पत्रकारिता तालीम

सन्तोष गौतम /बेनी मुना ७ जेठ ।धौलागिरि गाउँपालिका ३ मुनामा  आधारभुत पत्रकारीता तालीम सम्पन्न भएको छ ।  धौलागिरि गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको दुई दिने तालीममा पालिकाको सात वटै वडाका २४ जनाको सहभागिता रहेको थियो । पत्रकारीताको माध्यमबाट ग्रामिण क्षेत्र सम्भावना, समस्या पहिचान, उजागर र स्थानीय तहका गतिबिधी, विकास निर्माणलाई सञ्चार […]

बगरफाँटको नदी नियन्त्रण योजना अपारदर्शी भएको गुनासो

सन्तोष गौतम /बेनी बेनी ७ जेठ । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र वारीबेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि उपभोक्ता समिति मार्फत सञ्चालित योजनामा अपारदर्शी गतिबिधि, ढिलासुस्ती र लापरबाही भएको स्थानीयबासीले गुनासो गरेका छन् । जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बाग्लुङसंग योजना निर्माणको सम्झौता गरेका उपभोक्ता समितिका पदाधीकारीहरुले कमिसनको खेलमा ठेक्कपट्टामा […]

आगलागिबाट २५ लाखको क्षति

सन्तोष गौतम /बेनी म्याग्दी ७ जेठ । रघुगंंगा गाउँपालिका २ भगवतीमा सोमबार बिहान आगोलागी हुँदा २५ लाख बराबरको धनमालको क्षति भएको छ । भगवतीको खड्कमारे स्थित जगिन्द्र भण्डारीको घरमा विद्युत सर्ट भएर आगोलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाडाकुडाँ लगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ । चार लाख रुपैया नगद, १३ […]

पिपलबोट सेराफाँट सिँचाई आयोजनाको नहरमा पानी चल्यो

सन्तोष गौतम/ बेनी म्याग्दी ७ जेठ ।मंगला गाउँपालिका ५ मा निर्माणाधिन पिपलबोट सेराफाँट सिचाई आयोजना नहरमा पानी चलाइएको छ । नहर निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाको बाँध लगायतका संरचना तयार भएपछि पानी चलाइएको हो । सेराफाँटतर्फ ३५० मिटर पक्कि नहर निर्माण सकिएको छ भने पिपलबोटतर्फ थप चार सय मिटर नहर बनाउन बाँकी छ । […]

मालिकामा मेलमिलाप सम्बन्धि आधारभुत तालीम सुरु

सन्तोष गौतम /बेनी म्याग्दी ७ जेठ ।मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सोमबारदेखि जनप्रतिनिधिहरुको लागि मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजनामा ८ दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि र अगुवा गरी ४२ जनाको सहभागीता रहेको छ । बस्ती स्तरमा हुने झैझगडा, बिवादलाई वडामै मिलाएर सामान्य विषयमा गाउँपालिका, प्रहरी, प्रशासन, अदालत र अर्धन्यायीक निकायमा […]

मुस्लीम संघको ज्ञापनपत्र

विकल्प न्यूज /बेनी जेठ ७ गते ।नेपाल मुस्लीम संघ म्याग्दीले विभिन्न ६ बुँदे माग सहित सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् । संघका केन्द्रिय सदस्य अञ्जित खानको नेतृत्वमा प्रशासनमा पुगेको टोलीले प्रजिअ लिलाधर अधिकारी मार्फत इदुलफित्र, बकरइद लगायत संविधानको मर्म अनुसार समानुपातिक समावेशीका आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्व हुनुपर्ने, […]

पर्यटकीय सम्पदाले समृद्ध म्याग्दी

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३ गते । प्राकृतिक स्रोतसाधानले भरिपूर्ण,विभिन्न जातजातिका कला संस्कृतिले धनी र धार्मिक पर्यटकीय क्षेत्रको अपार संभावनायुक्त जिल्ला म्याग्दी हो । चाँदी जस्तै टलक्क टल्कीने मनोरम हिमश्रृङखला, जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति म्याग्दीको पर्यटन विकासका आधारहरु हुन् । यसका साथै मुक्तिनाथको प्रवेशद्धार म्याग्दी नै हो । जसबाट […]

पर्यटन विकासका लागि योजनाको अभाव

सन्तोष गौतम /विकल्प न्यूज जेठ ३ गते । म्याग्दीमा सम्भावना भएर पनि ठोस योजनाको अभावमा पर्यटन क्षेत्रको उल्लेख्य विकास हुन सकेको छैन् । पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धनको अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा छन् । अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरी र अन्नपूर्ण आधार […]

प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड

सन्तोष गौतम/ विकल्प बेनी २ जेठ । सरोकारवालाहरुले प्रजनन् स्वास्थ्यमा सहज पहुँच स्थापीत गर्नुपर्नेमा जोड दिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार बेनीमा आयोजना गरेको जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकका सहभागीहरुले सुरक्षित प्रसुती, परिवार नियोजन सेवाको पहुँच वृद्धी र गर्भपतनलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । सुआहारा र मिलन म्याग्दीले व्यवस्थापन गरेको कार्यक्रममा […]

बेनीमा बजार अनुगमन

सन्तोष गौतम/विकल्प बेनी २ जेठ । गुणस्तर तथा नाप तौल बिभाग र जिल्ला स्तरीय संयुक्त टोलीले बुधबार बेनीमा बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा बिभागको क्षेत्रीय कार्यालय पोखरा, उद्योग वाणिज्य संघ, प्रहरी कार्यालयका प्रतिनिधिहरुको टोलीले खाद्यान्न, किनारा, सुनचाँदी, हार्डवयर पसलको अनुगमन गरेको हो । गुणस्तर र नापतौलका औजारलाई केन्द्रित […]

भुपु सैनीक सहकारीद्धारा विद्युतीय कारोबार सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ जेठ । बेनीमा रहेको भुपु सैनीक बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय कारोबार सुरु गरेको छ । सफ्टवयर र मोवाईल एप मार्फत घरबाटै एकबाट अर्को खातामा रकम पठाउने, मोवाईल रिजार्च गर्ने, बिद्युत, खानेपानी, टेलीफोनको महशुल भुक्तानी गर्ने, कारोबारको अवस्थाको बारेमा जानकारी लिन सक्ने सेवा सुरु गरेको हो । पायनियर एशोसीयट्सको […]

मराङको बेशीको हरिहर मन्दिर जिर्णोद्धार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ जेठ । धौलागिरि गाउँपालिका ६ मराङको बेशीमा रहेको धार्मीक महत्वको हरिहर मन्दिरको जिर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयबासीले मन्दिरको मर्मत सम्भार गरेर जिर्णोद्धार गरेका हुन् । वडा कार्यालयका प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको चार लाख रुपैया र स्थानीयबासीको पचास हजार रुपैयाँ बराबरको श्रमदानमा मन्दिर जिर्णोद्धार गरी धार्मीक […]