अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाई

धिरन खत्री /विकल्प न्यूज
पोखरेबगर ८ जेठ । Annapurna Ma CCIम्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी व्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको अध्यक्षतामा सुनिता बरुवाल गिरी महासचिव र केशर हिराचन कोषाध्यक्ष रहेको ईकाईको तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा आत्म तुलाचन, जुद्धनारायण गौचन, राजाराम बरुवाल र बिनाकुमारी जुहारचन रहनुभएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले विकासका लागि सबैले राज्यलाई कर तिरेर सहयोग गर्नुपर्ने बताउनुभयो । पालिका क्षेत्रका उद्योगी ब्यवसायीलाई करको दायरामा आउन अध्यक्ष पुनले आग्रह गर्नुभयो ।

उपाध्यक्ष केशमाया मगरको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यपालीका सदस्य आत्मा तुलाचन, २ नम्बर वडाका सदस्य बुद्धी पुन, संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, दितृय उपाध्यक्ष राजेश शाक्यले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता, सचिव सुवर्ण रिजालको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको कार्यक्रममा बैशाख ३० गतेको बाढीबाट पूर्ण क्षत्ती ब्यहोरेका भुरुङ तातोपानीका दुई जना ब्यवसायीलाई दश, दश हजार र अन्यका लागि गाउँपालिकाले स्थापना गरको कोषमा एकमुष्ट चालीस हजार रुपैया उपलब्ध गराइएको थियो ।