म्याग्दी समाचार
महासंघ प्रदेश ४ काे सदस्यमा पत्रकार गौतम निर्वाचित
विकल्प न्युज । बेनी बैशाख ९ गते । नेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ । आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद हुनुहुन्छ । […]
पहिचान “पुनहिल”को
विकल्प न्यूज/बेनी बैशाख ९ गते । अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित घोडेपानी “पुनहिल” क्षेत्र म्याग्दीको पर्यटन विकासको प्रमुख आधार बनेको छ । म्याग्दी भ्रमणमा आउने ९० प्रतिशतले भ्रमण गर्ने घोडेपानी पुनहिल क्षेत्र म्याग्दीको पर्यटन क्षेत्रमा गहना बनेको छ । समुन्द्रि सतहदेखि तिन हजार २१० मिटरको उचाईमा चारैतिरबाट गुराँसे जंगलले घेरीएको पहाडको टाकुरामा रहेको पुनहिलबाट अन्नपूर्ण, […]
दरवाङमा तार जडित टेलिफोन सेवा सुरु
विकल्प न्यूज/बेनी बैशाख ९ गते । जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तार जडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलीकमले मालिका गाउँपालिका ५ देविस्थानमा रिपीटर टावर स्थापना गरेर योङ्ग जेनेरेशन नेटवर्क (एनजिएन) प्रबिधिको टेलीफोन विस्तार गरेको हो । टेलिफोनसंगै एडीएसएल […]
बेगको सामुदायिक वनमा टिम्मुर खेती
विकल्प न्यूज/बेनी बैशाख ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगका बासिन्दाले सामुहिक टिम्मुर खेती गरेका छन् । बेगमा रहेको लालिगुराँस सामुदायीक वन उपभोक्ता समूहले खेर गैरहेको सार्वजनीक पाखोलाई सदुपयोग गरी आयआर्जनमा सघाउ पुराउने उद्देश्यले मसलेदार फल टिम्मुरको व्यवसायिक खेती गरेका हुन् । सीम शिर्बारी, ठुलो ढुङ्गा क्षेत्रको बिस रोपनी क्षेत्रफलमा एक हजार दुई सय […]
“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”
सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते पोखरामा बिमोचन भएको […]
विद्यालय धान्न समुदायको सास्ती
याम बहादुर पुन /विकल्प न्यूज बैशाख ८ गते । सास्तीको नमूना ः म्याग्दीको धौलागिरी गाउँपालिका–२ मा दुइटा आधारभूत र एउटा माध्यमिक विद्यालय छन् । एक मात्र लमसुङ माविमा ११ जना शिक्षक छन् । यीमध्ये ६ जनाले राज्यबाट तलव सुविधा पाइरहेका छन् भने बाँकी ५ जना शिक्षकहरूको तलव समुदायको जिम्मामा छ । यो माविका लागि मासिक […]
म्याग्दी भ्रमण वर्षको तयारी तिब्र
सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ बैशाख । पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्धन गर्ने उद्देश्यले मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तिब्र रुपमा अघि बढेको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा मनाउन लागिएको भ्रमण वर्षको जिल्ला र स्थानीय तह स्तरमा तयारी तिब्र बनाइएको हो । भ्रमण वर्षको तयारीका विषयमा बिहीबार बेनीमा संघको […]
म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह
सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी व्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरिक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो । […]
मन्त्री थापाद्धारा बेगकी चोचाङ्गीलाई विद्यालय भर्ना
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले रघुगंगा गाउँपालिका १ बेगकी ४ वर्षिया बालिकाको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना गर्नुभएको छ । बेगखोला निवासी तिलचन्द्र र शान्ति चोचाङ्गीका ४ वर्षिया छोरी सपनालाई महादेव मावि बेगमा भर्ना गराउनुभएको मन्त्री थापाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री थापाले बालिकाको […]
चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि गर्नुभएको छ । हालैमात्र […]
छात्रवृत्तिका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ बैशाख । बेनी नगरपालिका १ अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा तिन लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाई ईन्द्र एलजि र लक्ष्मी थापाले बेनीको प्रकाश मा.विमा हजुरबुवा स्व बिच्चाराम थापामगरको स्मृतीमा तिन लाख १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । […]
धौलागिरि गाउँपालिकाको सात बिधेयक पारित
विकल्प न्यूज/बेनी म्याग्दी ६ बैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको बुधबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न सात वटा बिधेयक पारित भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रुपमा बिधेयकहरु परित भएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । शिक्षा, सहकारी, कृषि व्यवसाय प्रर्वद्धन तथा व्यवस्था, न्यायीक समितिले समितिले उजुरीको […]
बाम एकतामा समृद्धिको सपना नदेख्नुस्ः वरिष्ठ नेता पौडेल
राकेश शर्मा/बेनी बैशाख ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम एकतामा समृद्धिको सपना नदेख्न आग्रह गरेका छन् । निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओबादीले पार्टी एकताको नाटक मञ्चन गरेको भन्दै उनले दुई कम्प्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी गरे । ‘निर्वाचनमा एउटै भयौँ भनेर भोट मागे, सोझासिधा जनताले पत्याएर […]
दुर्घटनामा कमी ल्याउन प्रहरी र सवारी चालक बिच अन्तरक्रिया
सन्दिप शर्मा/म्याग्दी बैशाख ५ गते । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको आयोजनामा म्याग्दीमा बुधबार प्रहरी र सवारी चालक विच अन्तरक्रिया गरिएको छ । म्याग्दी सदरमुकाम बेनी बजारको कालिपुल बसपार्कमा गरिएको अन्तरक्रियाको मुख्य उद्देश्य जिल्लामा हुने सवारी दुर्घटना कम गर्ने रहेको ट्राफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनुभयो । चालकहरुसँग अन्तरक्रिया गर्दै प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले […]
कालीगण्डकीको अवैध दोहनलाई जनप्रतिनिधिको संरक्षण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जनप्रतिनिधिकै आडमा नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ निकालिएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती […]