म्याग्दी समाचार
जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला फागुन २६ गते । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई […]
मन्त्रीबाट हटेपछि गृह जिल्ला आएर जुग्जालीले सुनाउनुभयो अनुभव

विकल्प न्यूज\बेनी फागुन २५ गते । गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ । ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य […]
महिला दिवसका अवसरमा जलजलामा लोकगीत र खेलकुद प्रतियोगिता

विकल्प न्यूज\बेनी फागुन २५ गते । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ। “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस गाउँ पालिकाको केन्द्र लामखेतमा पालिका स्तरीय लोकगीत र अन्धनिसान प्रतियोगीताको आयोजना गरिएको हो । कार्यक्रमको जलजला गाउँ पालिकाका […]
महिला दिवस ः कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पीडित

विकल्प न्यूज\बेनी फागुन २५ गते । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ विश्वभर मनाईएको ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेनीमा अन्तरक्रिया कार्यक्रम तथा प्यानलिष्ट छलफल सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, बेनी नगरपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा गैर सरकारी संस्था महासंघ सहित अन्य १३ वटा […]
महाशिवरात्री पर्वमा गलेश्वर शिवालयमा भक्तजनको चहलपहल

विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २५ गते । आज महाशिवरात्रीका दिन म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भीड लागेको छ । भगवान शिवको पूजा आराधना गर्र्ने भक्तजनहरुको निकै चहलपहल देखिएको छ । विहानै देखि भक्तजनको लामो लाइन लागेको हो । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि शिवालयमा […]
एमाले नेतृत्वको सरकारको पालामा आएको थियो विकासको लहर ः नेता थापा

विकल्प न्यूज/बेनी फागुन २४ गते । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा विकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । ‘‘केपी शर्मा ओली नेतृत्वको […]
रघुगंगाको भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

विकल्प न्यूज/बेनी बेनी (म्याग्दी) म्याग्दीको रघुगङ्गा गाउँपालिका २ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]
बेनीमा आगामी चैत्र २७ गतेदेखि पाँचौ उत्साही कप संचालन हुने

विकल्प न्यूज/बेनी फागुन २३ गते । नव उत्साही समुह जलजला ३ पर्वत बेनीको आयोजनामा आगामी चैत्र २७ गतेदेखि बेनीको खुल्लामञ्चमा पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ । क्लवका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठकी माता स्व। लक्ष्मी श्रेष्ठको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । श्रेष्ठको गत साउन ६ गते […]
म्याग्दीमा लक्ष्यभन्दा बढीले लगाए दादुरा रुबेलाविरुद्धको खोप

विकल्प न्यूज/बेनी फागुन २३ गते । म्याग्दी जिल्लामा ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा–रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा फागुन १६ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ जना लक्ष्य रहेकोमा ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका […]
जलजला गाउँपालिकाको १६ औं गाउँसभाबाट थप एक करोड ३९ लाख बजेट विनियोजन

विकल्प न्यूज/बेनी फागुन २१ गते । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट रु १० लाख बजेट स्रोत अनुमान गरेर पूर्वाधार निर्माणलगायतका योजनामा विनियोजन गरेको […]
धार्मिक पर्यटकले भरियो पञ्चकोट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य फागुन २१ गते । बागलुङ नगरपालिका ६ स्थित प्रशिद्ध धार्मिक स्थल सर्वसिद्धिधाम पञ्चकोटमा धार्मिक पर्यटकहरुको ओइरो लागेको छ । धार्मिक पर्यटकका कारण पञ्चकोट दैनिकजसो भरिभराउ देखिएको छ । पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दर्शन र अवलोकन गर्न देशभरीबाट भक्तजनहरु पञ्चकोट पुग्ने गरेका छन् । फागुनको ९ गते देखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा […]
एमालेका युवा नेता पदम गिरी मन्त्रीमा नियुक्त

विकल्प न्यूज/काठमाण्डौं फागुन २१ गते । नेकपा एमालेका युवा नेता पदम गिरी नेपाल सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित गिरी एमालेको केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाको प्रमुख सचेतक समेत हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका गिरी […]
म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी फागुन २० गते । म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेको छ । संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण […]
नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

विकल्प न्यूज\बेनी फागुन २० गते । नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय […]
कोरला नाका व्यवसायिक रुपमा सञ्चालन हुनुपर्छ: अध्यक्ष ढकाल

विकल्प न्यूज\बेनी फागुन १९ गते । बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनीतिकर्मी, उद्योगी र व्यवसायीहरुले कोरला नाकाको व्यवसायिक सञ्चालनको माग गरेका हुन् । गत कात्तिक महिनादेखि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि चिनको सिमानामा रहेको कोरला नाकामा आवत जावतका लागि खुल्ला गरिएको […]