म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ चयन

विकल्प न्यूज\बेनी
फागुन २० गते ।

म्याग्दी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आइतबार राती सहमति जुटेको छ । संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट बेनीका युवा व्यवसायी सुविन श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,प्रथम उपाध्यक्षमा लिलाराम गौतम,द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिव मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य(बावुराम) सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

अन्य सदस्यहरु पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिनुभयो । संघमा निर्वतमान अध्यक्ष सहित ३७ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ ।

शनिबार संघको साधारणसभा उद्घाटन भएको थियो । संघका पूर्व अध्यक्षहरु प्रमोद श्रेष्ठ,जिवन विश्वकर्मा, उत्तमकुमार कर्मचार्य, कुविर श्रेष्ठ र हालका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको आइतबार दिनभरको प्रयासबाट सहमतिबाट नेतृत्व चयन गर्ने विषयमा सहमति जुटेको हो । संघको अधिवेशनलाई लिएर जिल्ला स्थित राजनीतिक दलहका नेताहरुले पनि सक्रियता र चासो देखाएका थिए । नयाँ नेतृत्व चयन सँगै अधिवेशन आइतबार राती समापन भएको छ ।