मन्त्रीबाट हटेपछि गृह जिल्ला आएर जुग्जालीले सुनाउनुभयो अनुभव

विकल्प न्यूज\बेनी
फागुन २५ गते ।

 गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले राजनीतिक कारणले मन्त्रालयबाट हट्नु परेपनि झस्कनुपर्ने गरी कुनै काम नगरेको बताउनु भएको छ ।

ब्रह्मकुमारी राजयोग विश्व विद्यालयले महाशिवरात्री पर्वको अवसरमा शुक्रबार बेनीमा आयोजना गरेको स्नेह मिलन कार्यक्रममा म्याग्दी क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य जुग्जालीले १० महिने कार्यकालको अनुभव सुनाउनुभयो ।

लोभ नगर्ने र डर नमान्ने हो भने सुधार र परिवर्तन गर्न सकिने जुग्जालीले बताउनुभयो । पद र जिम्मेवारीमा रहेका व्यक्तिहरुले सकारात्कक सोच राखेर काम गर्ने हो भने परिवर्तन सम्भव हुने उहाँको भनाई थियो ।

‘यातायात नियमावली बनाउने र पोखरामा मिटरमा ट्याक्सी चलाउने निर्णय गर्दा लोभ, धम्की र दवावको सामना गरे,’ उहाँले भन्नुभयो ‘मैले २÷४ लाख टिपेर आएको भए सन्तुष्ट हुने थिइन होला । झसंग झसंग भैराख्थे होला नी रु पैसा दिनेसँग साहुको अगाडी ऋणी झुके जसरी झक्नुपर्दथ्यो होला रु कम्तीमा व्यक्तिगत सम्बन्ध राम्रो बनाए । कर्मचारी र स्वार्थ समूहबाट हेपिएर निस्कनु परेन् ।’

मन्त्री जुग्जालीले संघीय सरकारमा नेपाली काँग्रेससँगको सहकार्यबाट जनअपेक्षा अनुसारको परिमाण निस्कन नसकेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक समिकरण बनाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

मानिसमा बढ्दो महत्वाकाक्षाका कारण निराशा बढेको र त्यसले तनाव सिर्जना हुने बताउदै जुग्जालीले मानिसको स्वस्थ्यका लागि योग र ध्यान आवश्यक पर्ने बिचार व्यक्त गर्नुभयो । पाका भन्दा पनि नयाँ पुस्ताको महत्वाकाक्षाका कारण भ्रष्ट्राचार बढेको उहाँले बताउनुभयो ।

योग ध्यानको माध्यमबाट स्वस्थ्य समाज र सकारात्मक सोचको विकास गर्न योग पूर्वाधार निर्माणमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । बेनीमा योग तथा ध्यान प्रशिक्षण केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले ब्रह्मकुमारी राजयोग विश्व विद्यालयको पूर्वाधार निर्माणका लागि रु। ५ लाख बजेट व्यवस्थापन गरेको जानकारी दिनुभयो । कार्यक्रममा ब्रह्माण समाजका अध्यक्ष लिलाराम गौतम, मुस्लिम सेवा समितिका अध्यक्ष रहमद खान लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

ब्रह्मकुमारी राजयोग विश्व विद्यालय बेनीका प्रमुख रिनाको अध्यक्षता, प्रतिभाको सञ्चालन र सरस्वतीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महिमाले महाशिवरात्री पर्वको बारेमा धार्मिक प्रवचन गर्नुभएको थियो ।