म्याग्दी समाचार

अबैध रुपमा उत्खनन् गरीएको नदीजन्य बस्तु लिलामीको प्रक्रियामा

सन्तोष गौतम/ विकल्प म्याग्दी ३० बैशाख ।बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा अबैध रुपमा उत्खनन् गरिएको नदीजन्य बस्तु जफत गरेर लिलामी प्रक्रियामा लगीएको छ । नगरपालीका र समन्वय समितिसंग अनुमतीनै नलिई सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर बिक्री बितरण गर्ने उद्देश्यले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेका थिए […]

घुस खाने शिक्षाका ईञ्जिनियर र प्राबिधिक बर्खास्त

सन्तोष गौतम म्याग्दी ३० जेठ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानविनमा परेका शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनौट, पेश्कि निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका […]

बृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र !

प्रताप बानियाँ /बेनी जेठ ३० गते । नामथर काले घर्तीमगर । लिङ्ग पुरुष । ठेगाना मंगला गाउँपालिका–३, बरंजा म्याग्दी । जन्म २००४ साल । बाबु धनबहादुर घर्तीमगर । यस्तै विवरण समावेश भएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा उहाँ निकै भावुक र खुशी देखिनुहुन्थ्यो । नागरिकता प्रमाणपत्र हेरेर उहाँ एकैछिन दङ्ग पनि पर्नुभयो । म्याग्दीको मंगला गाउँपालिका–३, […]

दुर्गम र कान्छो वडालाई उपेक्षा गरिएको जनप्रतिनिधिको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज डाँडागाउँ ३० जेठ । म्याग्दीको मालीका गाउँपालीका ३ को वडा कार्यालयमा पूर्वाधार र दरबन्दि अनुसारका जनशक्तिको अभावमा सेवा प्रवाहमा कठिनाई भएको छ । स्थानीय तह कार्यान्वयन र जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष बितेपनी वडाको कार्यालय व्यवस्थापन हुन सकेको छैन् । किटीनी स्थित बालविकास केन्द्रको भवनको एउटा कोठामा स्थापना भएको वडा कार्यालयमा जनप्रतिनिधि […]

घुम्ती शिवीरबाट छ सय भन्दा बढी लाभान्वित

विकल्प न्यूज/बेनी म्याग्दी ३० जेठ । मंगला गाउँपालिका ३ बरंजामा सम्पन्न एकिकृत घुम्ती शिवीरबाट छ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मंगला गाउँपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालयले मंगलबार आयोजना गरेको शिवीरमा सर्वसाधारणलाई गाउँमै नागरीकता, अपांग, जेष्ठ नागरीक परिचयपत्र, स्त्री तथा प्रसुती रोग, कृषि, पशु सेवा लगायतका सेवा प्रवाह गरिएको हो । करिब ६५० […]

बाँसखर्कमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ जेठ ।  पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कमा मंगलबार जेष्ठ नागरिक तथा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान तथा ब्यवस्थापन सम्बन्धि शिविर सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा वडा कार्यालयले आयोजना गरेको शिवीरमा १३० जना लाभान्वित भएका छन् । स्त्रीरोग बिशेषज्ञ हेमा छन्त्याल, जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्य, ल्याब टेक्नीसियन यामबहादुर थापा, सिनियर […]

एकताको सन्देश लिएर ताकम पुगे नेकपाका नेताहरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । धौलागिरी गाउँपालिका ७ ताकममा मंगलबार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, नीति र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन प्रशिक्षण […]

मंगलाको कुहुँमा अधिकांश योजना अन्तिम चरणमा

विकल्प न्यूज/बेनी जेठ २९ गते ।  म्याग्दीको मंगला गाउँपालिका १ कुहँुमा चालु आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिका मार्फत बिनियोजन भएका विकास योजनाको निर्माण तिव्र पारिएको छ । शिक्षा,सडक,खानेपानी, सिँचाई लगायतका भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा विनियोजन भएको एक करोड ३९ लाख पाँच हजार रुपियाँ बराबरका योजनाहरुमा धमाधम काम भइरहेको हो । गाउँपालिकाको अनुदानमा वडा कार्यालयले […]

दानामा सामुदायिक भवन निर्माण

विकल्प न्यूज/बेनी जेठ २९ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिका ३ दानाका महिलाहरुले सामुदायिक भवन निर्माण गरेका छन् । दानाको सृजनशिल महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले सभाहल सहितको महिला सामुदायिक भवन निर्माण गरेका हुन । चार वर्ष अघि तत्कालिन जिल्ला विकास समिति म्याग्दी र गाविसको सहयोगमा निर्माण भएको एकतल्ले भवनमा चालु आर्थिक वर्षमा गाउँपालिकाको सहयोगमा […]

भुरुङ तातोपानीका बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज पोखरेबगर २९ जेठ । फाइल तस्विर  अन्नपूर्ण गाउँपालिका २ भुरुङ्गतातोपानीका बाढीबाट पिडितका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगी स्थित लाफा क्लबले एक लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कल्वका कोषाध्यक्ष समेत रहनुभएका थापाले गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन […]

रितुङ माविको पस्तकालयलाई एकैदिन ६०हजार जुट्यो

साधन राम्जाली/बेनी जेठ २९ गते । म्याग्दीको रघुगंगा–८ दुलेखर्कमा सञ्चालित रितुङ्ग माविको पुस्तकालय व्यवस्थापनका लागि सञ्चालित अक्षयकोषमा एकैदिन ६० हजार रुपैयाँ सहयोगको घोषणा भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि एकदिनको पैदल दुरीमा पर्ने रितुङ्ग माविमा जापान, अमेरिकामा रहेका स्थानीय र साविक जिल्ला शिक्षा कार्यालयको संयुक्त ७ लाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना भएको थियो […]

बिमवासीको उदाहरणीय प्रयास (सम्पादकीय)

विकल्प न्यूज/बेनी जेठ २९ गते । म्याग्दीको पश्चिम भेग स्थित मालिका गाउँपालिका ७ बिम गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरिएको छ । जनप्रतिनिधि र स्थानीय अगुवाहरुले गाउँलाई मदिरा मुक्त बनाउने अठोट लिएका छन् । अव्यवस्थित मदिराको प्रयोगले गाउँमा अशान्ति,झैझगडा र आपसी सम्बन्धमा खलवल पु¥याउने जस्ता नकरात्मक क्रियाकलापहरुमा वृद्धि भएको भन्दै न्यूनिकरणका लागि वडाको पहलमा […]

गाउँ पञ्चायतका साइनबोर्डहरुमा कालो पोतेको त्यो रात !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज जेठ २९ गते । ”आगो निभेको छैन !” घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला । “पढ्नलायक संस्मरण रहेछ यो” […]

पर्यटनको बजेट सडकमा !

गोपाल छन्त्याल/हिस्तान जेठ २९ गते ।सडक सञ्जाल विस्तारका कारण पदमार्गहरु सुनसान बन्दै गएका छन् । पर्यटन व्यवसायीहरु सडकलाई पर्यटनको मूख्य चुनौती मान्छन् । तर, म्याग्दीको अन्नपूर्ण–७ हिस्तानमा भने पर्यटन क्षेत्रको विकासका लागि विनीयोजित बजेट सडक निर्माणमा खर्च गरिएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले पर्यटन रोयल्टी बापत प्राप्त गरेको १० लाख रुपैयाँ मध्ये ५ लाख […]

दोवाको डाडाँटोलमा नाली निर्माण

सन्तोष गौतम/विकल्प न्यूज दोवा २९ जेठ । अन्नपूर्ण गाउँपालिका १ दोवाको डाँडाटोलमा नाली निर्माण भएको छ । गाउँपालिका र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा स्थानीयबासीले ढल ब्यवस्थापनका लागि नाली निर्माण गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाको एक लाख र भुसंरक्षणको सत्तरी हजार रुपैयाँ अनुदानमा ९३ मिटर लामो नाली निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रुपबहादुर पुनले […]