ताजा समाचार:
Search

रघुगंगा हाईड्रोलाई समयमै सक्न मुख्यमन्त्रीको निर्देशन

विकल्प न्यूज/बेनी
साउन २५ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माधिन अवस्थामा रहेको  ४० मेगावाट क्षमताको रघुगंगा हाईड्रोपावर (जलविद्युत आयोजना)को शुक्रबार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत अवलोकन गर्नुभएको छ । DSC_0069मुख्य मन्त्री गुरुङ,संघिय सांसद भुपेन्द्र वहादुर थापा,गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन,सांसद विनोद केसी, जिल्ला समन्वय समितिका अध्यक्ष देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,नेकपाका नेता हरिकृष्ण श्रेष्ठ लगायत जिल्ला स्थित राजनीतिक दल र पत्रकार सहित आयोजनाको अवलोकन गर्न पुग्नुभएका  मन्त्री गुरुङले प्रदेश सरकारले आयोजनालाई सम्पन्न गर्न कुनै कसर वाँकी नराखी सहयोग गर्न तयार रहेको बताउनुभयो । DSC_0055नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले आयोजना बनाउन लागेको हो । छ अर्व रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनि जेपी एसोसियट्सले पूर्वाधार निर्माणको काम सुरु छ । वर्खायामको मौसम सकिँदा वित्तिकै सवै क्षेत्रबाट निर्माणको काम सुरु गरिने ठेकेदारका प्रतिनिधिले मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।  DSC_0059२०७४ मंसिर ७ गते ठेकेदार कम्पनीसंग भएको सम्झौतालाई ऋण लगानीकर्ता भारतीय एक्जीम बैङ्कले २०७५ जेठ ९ गते स्विकृत गरेपछि कम्पनीले जेठ १० गतेनै नोटीस टु प्रोग्रेस लेटर (काम सुरु गर्न पत्राचार) गरेको थियो ।

लगत्तै कार्यक्षेत्रमा परिचालन भएर नक्साङ्कन सुरु गरेको ठेकेदारले पूर्वाधार निर्माण सुरु गरेपछि लामो समयदेखि प्रतिक्षा गरिएको रघुगंगा हाईड्रोले गति लिएको हो । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

एक्जीम बैंकको ४४ मिलीयन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको हो ।
DSC_0058यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाइ निर्माण सुरु हुन लागेको हो ।

कार्य तालिका र सम्झौता अनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ ।

आयोजना म्याग्दीको रघुगंगा गाउँपालीकाको पिप्ले, झी र दग्नाममा पर्छ । झिँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आईभीआरसीएलले प्रारम्भिक चरणको काम समेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो ।