प्रतिभाशाली खेलाडी कमला पुन

विकल्प न्यूज/बेनी
साउन २६ गते ।  kamala pun

हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ रुमडाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिएकि हुन् । ९ वर्षको उमेरमा बाबा गुमाएकी कमलालाई पालनपोषण र शिक्षदिक्षाको काम उनकि आमाले गरेकी हुन् ।

पछिल्लो समय हुने गरेका महिला भलिबल प्रतियोगितामा उत्कृष्ट वार्ड लिइरहने नेपालको राष्ट्रिय महिला भलिबल टोलीकी भरपर्दी खेलाडी कमला निकै आशा गरेकि खेलाडी हुन । केही बर्ष पहिले सप्पन्न दक्षिण एसीयाली खेलकुदमा कास्य पदक लिएपछि कमलाको चर्चा उचाइमा पुगेको हो। kamala pun 3भलिबल खेलाडी कसरी बने भन्ने जबाफमा कमलाले भनिन् ” हुनत म्याग्दीको ग्रामिण भेकमा धेरै भलिबल खेल्ने भएको भएर होला म पनि भलिबलमा नै लागेँ । भलिबलमा रुची भएपनि छात्राहरु भलिबल खेल्ने कम हुन्थ्यो मुस्कीलले मात्र टिम पुग्ने समस्या थियो । केटीमान्छेलाई घरबाट बाहिर जान पनि दिदैन थिए गाउँमा मैले भने आमालाई फकाउथे अनि जान्थे खेल्नका लागि ।” अगाडि भनिन् ” अनि गाउँघरमा हुने मेलाहरुमा हुने प्रतियोगितामा सहभागी हुन जाँदा पनि म बेष्ट प्लेयर हुन्थे । जब म पुरस्कार थापेर घर पुग्थे मेरी आमा धेरै खुसी हुनुहुन्थ्यो ।” kamala pun 1घरेलुु प्रतियोगितामा दर्जनौं खेलमा आफ्नो उत्कृष्टता प्रदर्शन गरेर दुई वटा स्कुटर पाएको पाइसकेकी कमलाले अन्तराष्ट्रिय प्रतियोगितामा ४ पटक सहभागीता जनाई सकेकी छिन । ओलम्पिक काउन्सिल अफ एसिया द्वारा आयोजित दुई वटा बिच भलिबल प्रतियोगितामा समेत सहभागी जनाइ सकेकी छिन। त्यस मध्ये एभिसी सेन्टर जोन माल्दीप्समा भएको थियो त्यसमा स्वर्ण पदक प्राप्त गरेका थियो ।

त्यस्तै पहिलो दक्षिण एसीयाली महिला भलिबल प्रतियोगिता सन २०१४ मा भएको थियो जसमा नेपालले रजत पदक जितेको थियो  ।दक्षिण एसीयाली महिला भलिबल प्रतियोगितामा रजत । सागमा नेपालले कास्य पदक जितेको थियो त्यो प्रतियोगितामा पनि उनी सामेल थिए।हाल नेपाल प्रहरी क्लबबाट व्यवसायीक भलिबल खेलीरहेकी कमला जस्तै प्रतिभाशाली खेलाडीलाई राज्याले समयमै चिन्न सके भबिस्यमा मुलुकको लागि पदकको खडेरी हुने छैन । manaslupost.com