पाखापानीमा प्रहरीको नागरिक सुनुवाई

सन्तोष गौतम/विकल्प न्यूज
पाखापानी २६ साउन ।IMG_7826  म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका बासिन्दाले गाउँका कार्यालयमा कर्मचारी नबसेको र प्रहरीको गस्ती कम भएको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले शुक्रबार पाखापानीमा आयोजना गरेको नागरीक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयबासीहरुले विकृती, अपराध र चोरी निकासी नियन्त्रणका लागि प्रहरीले गाउँगाउँमा गस्ती बढाउनुपर्ने सुझाव दिएका हुन् ।

स्थानीयबासी दप्रसाद पाईजा, गौबहादुर पुन र टेकजित छन्त्यालले वडा सचिव, कृषि र पशु सेवा केन्द्रमा लामो समयदेखि कर्मचारी नहुँदा पञ्जीकरण, कृषि र पशु सेवा सम्बन्धि काम प्रभावीत बनेको गुनासो गर्नुभयो ।IMG_7836 प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले संघीय सरकारले कर्मचारी ब्यवस्थापनको काम गरिरहेकाले छिटटै कर्मचारी अभावको समस्या समाधान हुने बताउनुभयो । उहाँले सेवाग्राहीको सहजताका लागि प्रक्रियामा सरलीकरण, पन्ध्र्र दिनमै राहदानी पाउने ब्यवस्था, घुम्ती शिवीर सञ्चालन गरिएको बताउनुभयो । IMG_7827म्याग्दीको प्रमुख सामाजिक समस्याका रुप्मा रहेको मेलाजात्रा र मदिराको अत्याधिक प्रयोग न्युनीकरणका लागि स्थानीय तह र समुदायले पहल गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई थियो ।

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजाले कर्मचारी अभाव प्रमुख समस्या भएको बताउँदै कर्मचारी ब्यवस्थापन गरेर सहज रुपमा सेवा प्रवाह गराउन पहल गर्ने बताउनुभयो । झिँका सचिवलाई हप्तामा दुई दिन पाखापानीको काम गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले अपराध, दुर्घटना, विकृती न्युनीकरणका लागि प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायसंगै मिलेर प्रहरीले समाजमा शान्ति सुरक्षा कायम, अपराध, दुर्घटना र विकृती न्युनीकरण गर्न खोजेको बताउनुभयो । जनताको गुनासो, सुझाव र अपेक्षा बुझेर कार्ययोजना बनाउन प्रत्येक तिन, तिन महिनामा नागरीक सुनुवाई गरिदै आएको प्रनाउ बुढाको भनाई छ ।

हालसम्म म्याग्दीका २२ स्थानमा नागरीक सुनुवाई गरिएको जानकारी गराउनुभयो । प्रहरी कार्यालयका हिराबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउँदै दोषीले उन्मुक्ती नपाउने र निर्दोषले अनावश्यक दुख नपाउने अवस्था बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका योजना शाखामा प्रमुख दयाराम पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठक, वडा सचिव यज्ञबहादुर कार्की लगायतले सहभागीले सोधेका प्रश्नको उत्तर दिनुभएको थियो ।