चर्को ब्याजमा ऋण लगानीगर्नेहरु सहकारी हुन सक्दैनन ः मुख्य मन्त्री

विकल्प न्यूज/बेनी
साउन २४ गते । DSC_0051 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बचत उठाउने र चर्को ब्याजमा ऋण लगानी गर्नेहरु सहकारी हुननसक्ने बताउनुभएको छ । सहकारी हुनका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाई थियो ।

विहिवार बेनीमा दोस्रो जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले उत्पादन सँग नजोडिएका सहकारीहरुलाई प्रदेश सरकारले नियमन गर्ने बताउनुभयो ।

सहकारीहरु आर्थिक समृद्धिको अभियानमा जोडिनुपर्दछ मुख्य मन्त्री गुरुङको भनाई थियो । सभामा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले म्याग्दीका सहकारीहरुले समाजवादको अभ्यास गरेको र राज्यले उपक्षा गरेको बताएपछि मुख्य मन्त्रीको गुरुङले कार्कीको भनाई तर्फ लक्षित गर्दै उक्त भनाई राख्नुभएको थियो । मन्त्री गुरुङले सहकारीका सदस्यहरु वर्षमा दुइचार ठाउँको घुमघाम गरेर मात्र आर्थिक समृद्धि हाँसिल हुननसक्ने उहाँको भनाई थियो । सहकारीमा जम्मा भएको रकमलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो ।