ताजा समाचार:
Search

म्याग्दी समाचार

छात्रा फुटबल प्रतियोगितामा माउन्ट र गलेश्वर मावि फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी भदौ २६ गते ।  महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको अन्तर माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि र गलेश्वर आदर्श अवसीय माध्यामिक विद्यालय गलेश्वर फाइनलमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा माउन्टले न्यू वेष्ट प्वाइन्टलार्इृ शुन्यका विरुद्ध १ गोल गरेर फाइनलमा प्रवेश गरेको हो […]

अपडेट ः माविस्तरीय छात्रा फुटबल प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ २५ गते । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’÷‘हामी सक्छौं’ भन्ने मूल नारासहित म्याग्दीमा सोमबारदेखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर जिल्ला खेलकुद विकास समिति म्याग्दीद्वारा दोस्रो संस्करण अन्तर्गत अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । म्याग्दी जिल्ला खेलकुद रनिङ […]

बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ २५ गते । महिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो । माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् । यो दोस्रो संस्करण हो । फुटबल प्रतियोगिताको उदघाटन […]

मालिकाको प्रचुर पर्यटकीय संभावना

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज भदौ २५ गते । म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मालिका पर्यटकीय संभावनायुक्त गाउँपालिका हो । मालिकाको केन्द्र दरवाङ बजार हो । दरवाङलाई जिल्लाको दोस्रो सदरमुकाम भन्ने गरिन्थ्यो । पश्चिम क्षेत्रका अधिकांश गाउँहरुको व्यापरिक केन्द्र दरवाङ बजार हो । पछिल्लो समय चर्चामा आएको गुरिल्ला पदमार्ग र सन्सारकै सातौं अग्लो धौलागिरि हिमालको प्रवेशद्धार […]

सुरेशको उपचारका लागि इराकबाट एकलाख सहयोग

विकल्प न्यूज/बेनी भदौ २४ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि इराकमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग पठाएका छन् । बेनी नगरपालिका ६ चुत्रेनी निवासी कृष्ण मल्लको सक्रियतामा इराकमा रहेका नेपालीहरुको सहयोगबाट संकलन भएको एकलाख रुपियाँ आइतवार सुरेश बचाउ अभियान सञ्चालन गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरिएको छ । […]

महिला कैदीबन्दी र बालबालिकालाई दर खुवाइयो

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ २३ ।सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, म्याग्दीको आयोजनामा शनिबार म्याग्दी कारागारका महिला कैदीबन्दी र बालगृहका बालबालिकाहरुलाई दर खुवाइएको छ । हरितालिका तीजको अवसरमा नेपाल बाल सङ्गठन म्याग्दीमार्फत सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई कपि कलम पनि वितरण गरिएको छ । म्याग्दी कारागारमा विभिन्न कसुरमा सजायँ भुक्तान गर्दै गरेका ४ जना महिला […]

सफल महिला सहकारीको छैटौं साधारणसभा

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ २३ ।जलजला गाउँपालिका–३, पर्वत बेनीमा सञ्चालित सफल महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल ७४ लाख ६६ हजार शेयर पुँजी रहेको सहकारीले एक करोड ७८ लाख ६९५ लगानी र एक करोड १५ लाख ८९१ रुपैयाँ बचत रहेको जनाएको छ । साधारणसभामा संस्थाका […]

बहराईनमा रहेका म्याग्देलीहरुको तिज विशेष कार्यक्रम

विकल्प न्यूज/बहराइन भदौ २३ गते । रोजगारीको शिलशिलामा बहराइन पुगेका नेपालीहरुले हरितालिका तिजका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । म्याग्दी उद्दार समिती बहराईनले चेलिबेटी भेटघाट तथा तिजको दरखाने कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । नारिहरुको महान पर्व तिजको पावन अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा हर्ष र उल्लास मय बातावरणमा म्याग्देली हरुको ठुलो संख्यामा उपस्थिति […]

बगरफाँटमा आयोजित दुई महिने सिलाई कटाई तालिम सम्पन्न

धिरन खत्री/बेनी बेनी, २३ भदौ । पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाटँका महिलाहरुको जीवनस्तर सुधार लागि आयोजना गरिएको दुई महिने सिलाईकटाई तालिम शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, बगरफाँट आमासमुह तथा बगरफाटँ जनजाती समुहको सह–आयोजनामा सिलाईकटाई तालिम समापन तथा दिदिबहिनीहरुमा दर खाने कार्यक्रम सिद्धबाबा प्राथमिक विद्यालयमा आयोजना गरिएको हो । गाउँपालिकाको २ दुईलाख […]

मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम निर्वाचित

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा लीलाराम गौतमलाई निर्वीरोध निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट संस्थाको उपाध्यक्षमा दण्डपाणी सापकोटा,सचिव दण्डपाणी पराजुली,कोषध्यक्ष चिरञ्जीवि बोगटी सहसचिव भावना पौडेल निर्वाचित हुनुभएको छ । यसै गरिवरिष्ठ सदस्य देवी केसी […]

रितुङ पुस्तकालय अक्षयकोषलाई शेर्पाको ५१ हजार सहयोग

गोपाल छन्त्याल/बेनी भदौ २३ गते । म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविमा सञ्चालित रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालय र पुस्तकालय मार्फत गरिब तथा निमुखा विद्यार्थीहरुको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले उदयपुर घर भइ हाल अमेरिकामा कार्यरत आङजम्बु शेर्पाले ५१ हजार सहयोग गरेका हुन् […]

मुक्तिनाथ सहकारीको साधारणसभा बेनीमा सुरु

विकल्प न्यूज/बेनी भदौ २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सुरु भएको छ ।  साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमवहादुर कार्कीले सहकारी सिद्धान्त अनुसार सहकारीहरुले आर्थिक कारोवार गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक […]

जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि सहयोग

विकल्प न्यूज/बेनी भदौ २२ गते ।  म्याग्दी उद्धर समिति बराइनका अध्यक्ष लोक वहादुर राम्जालीले छोरी सलिना राम्जालीको जन्म दिनका अवसरमा मृगौला पीडित सुरेशको उपचारका लागि पाँच हजार रुपियाँ सहयोग गर्नुभएको छ । यसै गरि हाल स्पेनमा रहनुभएका ललित राम्जाली र उहाँको छोरी अलिसा राम्जालीले पाँच हजार सहयोग गर्नुभएको छ । शुक्रवार सहयोग रकम सुरेश बचाउँ […]

मृगौला पीडित सुरेशको उपचारका लागि बुद्ध एकेडेमीको सहयोग

विकल्प न्यूज/बेनी भदौ २२ गते । मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीले आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीबाट संकलित १४ हजार ६६० रुपियाँ शिक्षक डक वहादुर राम्जालीले शुक्रवार ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गर्नुभएको हो । मंगला गाउँपालिका ५ नेटाका छन्त्यालको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा […]

तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरको ईआईए रिपोर्ट अपारदर्शी

विकल्प न्यूज/बेनी भदौ २२ गते । तिप्ल्याङ–कालिगण्डकी हाइड्रोपावरले निर्माण गर्न लागेको ५८ मेगावाट क्षमताको जलविद्युत आयोजनाले सार्वजनिक गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्रति स्थानीयले आंशका गरेका छन् । स्थानीयले उक्त प्रतिवेदन सवैले बुझ्ने र पारदर्शी हुनुपर्ने माग गरेका छन् । तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावरले अन्नपूर्ण गाउँपालिका ६ पोखरेबगरमा बाँध बनाई रघुगंंगा गाउँपालिका १ तिप्ल्याङ नजिक विद्युत् गृह […]