झिँमा प्रसुतीसेवा केन्द्र स्थापना

विकल्प न्यूज/बेनी
मंसिर २२ गते । रघुगंगा गाउँपालिका–५ झिँमा प्रसुतीसेवा केन्द्र स्थापना गरिएको छ । केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भब भण्डारीले सेवालाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
झिँ बेनी नगरपालिकाको सिमानामा पर्ने वडा रहेकाले नगरको सिमाना देखी पाखापानी सम्म सडक कालोपत्रे गर्नको लागि डिपिआरको काम अगाडी बढेको उहाँले बताउनुभयो ।  वडा कार्यालयको वडा कार्यालयको २ लाख गत आर्थीक बर्षको २२ हजारमा झिँ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरका लागि आवश्यक समानहरु खरिद गरिएको थियो । वडा नं ६ पाखापानीका वडा अध्यक्ष मन कुमार शेरपुञ्जाले झिँमा प्रसुती सेवा केन्द्र स्थापनाले गाउँका बासीन्दाले हजारौँ खर्च गरेर सदरमुकाम सम्म पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । यसले गरिव जनातालाई राहत हुने उहाँको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संमयोजक टिका शाहिले गाउँपालिकामा अहिले सम्म ४वटा मात्र प्रसुती सेवा केन्द्र रहेको र आगामी बर्षमा एक वडामा एक प्रसुती सेवा केन्द्र स्थापना गर्ने बताए । अहिले पाखापनी, झिँ, राखु भगवती, र पिप्लेमा रहेको जानकारी दिए ।

कार्यक्रममा तिन जान सुत्केरी महिलालाई सम्मान समेत गरिएको थियो । बर्थीङ सेन्टर स्थापना हुनु भन्दा अघि एक जना र स्थापना भएपछी दुई जना गरि उद्घाटन भन्दा पहिले नै तिन जान सुत्केरीलाई सुरक्षित प्रसुती गराएको स्वास्थ्य चौकीका प्रमुख प्रेमचन्द्र प्रसाद जयसवालले जानकारी दिनुभयो ।

नियमित गर्भपती जाँच गर्ने ओममाया शेरपुञ्जा, प्रेममाया थकाली, र बुद्धिमाया रोकालाई क्रमस २ हजार, दुई हजार आठ, दुई हजार आठ सय र न्यानो झोला समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीकी अनमे सुस्मा पौडेल, सामुदायीक विद्युधिकरणका दलमान शेपुञ्जा, झिँ आमा समुहकी

अध्यक्ष रामकुमारी थकाली, देउराली महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष श्रीमाया शेरपुञ्जा, जिल्ला स्वास्थ्य कार्यालयको आमा र बाबु कार्यक्रमका फोकल प्रसन नारायण रेग्मी लगाएतले बोलेका थिए । स्वास्थ्य चौकी जयसवालको सञ्चालमा भएको उद्घाटन कार्यक्रमा महेन्द्र माध्यामीकमा विद्यार्थी, स्वास्थ्य स्वंयमसेवीकाले स्वागत गित गाएर उपस्थ्ति अथितिलाई स्वागत गरेका थिए । भने बेला बेलामा नृत्य समेत प्रसुत गरेका थिए । अहिले स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन १ जना, अनेम २ जना, अएव २ जना र १ जना कार्यलय सहयोगी रहेका छन् ।