लुलाङवासीलाई खुसीको खबर ः लघुजलविद्युत परियोजनालाई ८५ लाख बिनियोजन

विकल्प न्यूज/बेनी
मंसिर २८ गते ।  धौलागिरि गाउँपालिकाको दुर्गम २ नम्बर वडा लुलाङ गाउँमा विद्युतीकरणका लागि संघिय सरकारले ८५ लाख रुपियाँ विनियोजन गरेको छ ।

डेढवर्ष अघि पहिरोले दरखोला लघुजलविद्युत परियोजनामा क्षति पु¥याएपछि गाउँ अन्धकारमय भएको थियो । गाउँपालिकाको पहल र प्रतिनिधिसभका सांसद भुपेन्द्र बहादुर थापाको सक्रियतामा परियोजना पुननिर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

परियोजना पुननिर्माणका लागि गाउँपालिकाको गत असारमा भएको गाउँसभाले परियोजना पुननिर्माणका लागि चालू आर्थिक वर्षमा पचास लाख रुपैयाँ बिनियोजन गरेको थियो । 

२०७४ साउन १२ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको लमसुङ स्थित विद्युतगृह पुरीएको र नहर बगाएको थियो ।

परियोजनाको अधिकांश संरचना पहिरोले पूर्ण रुपमा क्षति पु¥याएपछि लुलाङ, लमसुङ र खोरीया गाउँका बासिन्दा विद्युत सुबिधाबाट बञ्चित भएका हुन् । ३२१ घरधुरी उपभोक्ता परियोजना बन्द भएपछि अन्धकारमा रात कटाउन बाध्य भएका वडा अध्यक्ष गमप्रसाद बिकले बताउनुभयो ।