म्याग्दी समाचार

तिम्ल्याह सन्तान हुर्काउनै सकस

साधन राम्जाली/विकल्प न्यूज माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा रहेन् । तर […]

धवलागिरी गाउँपालिकाद्धारा निर्माण उपकरणको भाडा निर्धारण

सन्तोष गौतम /विकल्प न्यूज बेनी ९ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मुना स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक निर्माणमा प्रयोग हुने एक्साभेटरको भाडादर कायम गरेको हो । गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुमा बकेट प्रयोग गर्दा प्रतिघण्टा पाँच हजार दुई […]

जलजलामा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु

विकल्प न्यूज/ बेनी माघ ९ गते । जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ । जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण र व्यवस्थापनमा प्रबिधिको […]

लभ्लीहिलमा पार्क निर्माणको तयारी

विकल्प न्युुज /बेनी माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रबहादुर कार्की सहसचिव रहनुभएको समिति गठन भएको हो . समितिको सदस्यहरुमा […]

निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित, घरदैलोमै सेवा पाउँदा स्थानीयवासिन्दा खुसीले गद्गद्

विकल्प न्युज /म्याग्दी माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ जना महिला तथा १ सय ५३ […]

दिवंगत अभिभावकको स्मृतिमा छात्रवृति प्रदान

विकल्प न्युज /बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका एक परिवारले दिवंगत अभिभावको स्मृतिमा स्थानीय ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुभएको छ ।   स्व गंगाप्रसाद र दुर्गाकुमारी स्मृतिमा कृष्ण र कबिन तुलाचनद्धारा स्थापित कोषबाट एसइइ र दश जोड दुई तहमा सर्वोकृष्ट अंक हासिल गर्ने तीन जना र गरिब जेहेन्दार दुई जनालाई कूल […]

निर्माण व्यवसायी संघ म्याग्दीमा निर्वाचनको कार्यक्रम माघ १९ गते तय

विकल्प न्यूज/बेनी माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले असन्तुष्ट […]

जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले बलाङकेट वितरण गर्नुभएको हो । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जिबनबहादुर […]

बेनपाको कार्यपालिका बैठकका निर्णयहरु यस्ता छन्

विकल्प न्यूज/बेनी माघ ५ गते  बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन २०७५ पारित […]

संस्कृति संरक्षणमा जुट्दै दानाबासी

विकल्प न्यूज/बेनी माघ ५ गते । अन्नपूर्ण गाउँपालिका ३ दानाका ६४ वर्षीय मनबहादुर पाइजा विगत २० वर्ष देखि यता संस्कृति संरक्षणमा जुट्नुभएको छ । जनजाति समुदायको कला संस्कृतिलाई संरक्षण गर्ने अभियानमा उहाँ निरन्तर रुपमा लाग्नुभएको छ । यस्तै दानाका ६८ वर्षीय कर्णबहादुर गुरुङलाई पछिल्लो समय पुरानो कलासंस्कृति लोपहुुन थालेकोप्रति चिन्ता छ । संस्कृति र परम्परालाई […]

बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, माघ ५ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित भड्किलो रुपमा जन्मदिन मनाउने क्रम […]

विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग

प्रताप बानियाँ/ विकल्प न्युज म्याग्दी, माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हो ।           विद्यालयको बाल शिक्षादेखि […]

निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन तयारी पुरा

विकल्प न्यूज/बेनी माभ ४ गते ।  माघ ५ गते हुने निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । शनिवार सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा हुने अधिवेशनको सवै तयारी पुरा भएको संघका अध्यक्ष नारायण जिसीले बताउनुभयो । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी संघले सो कुराको जानकारी […]

लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तरक्रिया कार्यक्रम

विकल्प न्यूज/बेनी माघ ४ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ३ गते बिहिबार सम्पन्न कार्यक्रममा म्यग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र प्रहरि नायब उपरिक्षक बीरबहादुर बुढामगरले यस बिषयमा जानाकारि प्रदान गर्नु भएको थियो । लिङ्ग र लैङ्गिकता, लैङ्गिक बिभेद्का कारणहरु, महिला हिंसा, […]

मालढुङ्गा बस दुर्घटना अपडेट ः शाेकमा ढुब्याे जलजला ७ धाईरिङ

विकल्प न्यूज/बेनी माघ ३ गते । मालढुङ्गामा भएको बस दुर्घटनामा पर्वत जलजला गाउँपालिका ७ धाइरिङका मात्रै ४ जनाको मृत्यु भएको छ । विहिवार विहान बेनी देखि नारायणगढ लाई छुटेको ग १ ख ६१०८ नम्वरको बस मालढुङ्गाको माझी वस्ती नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ जनाको घटना स्थलमा र ४ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु […]