विद्यार्थी नेता पौडेलको सक्रियतामा मुक्तिनाथ परिसरमा सरसफाई

विकल्प न्यूज/मुस्ताङ
कार्तिक १५ गते ।44979694_2190803007843532_366510432908738560_o

 अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको सक्रियतामा जोमसोमको मुक्तिनाथ परिसरमा सरसफाई गरिएको छ ।  मुक्तिनाथ दर्शन गर्न गएका केन्द्रिय सदस्य पौडेलले मन्दिर परिसरभित्र फोहोरको थुप्रो छरपष्ट देखेपछि सरसफाईमा जुट्नुभएको हो । 45000562_2190802654510234_3985002310861324288_oपवित्र स्थलमा फोहोरको निकै थुप्रो देखेपछि सरफाईमा जुटेको उहाँले बताउनुभयो । मन्दिर परिसरको पाखो र रुखमा समेत यत्रतत्र भएका अण्डरवेयर भेटिएपछि विद्यार्थी नेता प्रकाश पौडेलको नेतृत्वमा मंगलवार र बुधवार मुस्ताङ अखिलका नेता पेमा छेदेन बिक एवम मन्दिरका कर्मचारीहरु मिलेर सरसफाई गरिएको छ ।

हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र पवित्र मुक्तिनाथ मन्दिरमा फोहोर मिल्काईको देख्दा आत्मग्लानी भयो ।यहा आएपछि सबैकुराबाट मूक्ति मिल्ने बिश्वास लिईएको धार्मिक तपोभूमिमा वातावरणलाई चुस्त,स्वच्छ र सफा राख्नूपर्नेमा सरोकारवाला निकायको ध्यान जानुपर्ने पौडेलको भनाई छ ।