ताजा समाचार:
Search

म्याग्दी समाचार

बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राबिधिक टोली ल्याएको हो […]

मालिकाका तिन विद्यालयमा सोलार जडान

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको मालिका गाउँपालिकाका दुर्गम तिन विद्यालयमा सोलार प्यानल जडान गरेर विद्युत उत्पादन गरिएको छ । गाउँपालिकाको २ नम्बर वडामा रहेको राष्ट्रिय मावि रुम, तिन नम्बर वडामा रहेको अम्मर ज्योती मावि रुम डाँडागाउँमा र वडा नम्बर ६ मा रहेको भीम मावि देविस्थानमा सोलार प्यानल जडान गरिएको हो । नेपाल सरकार […]

जलजलामा सम्पत्ति तथा भूमिकर संकलन शिविर सुरु

विकल्प न्यूज/बेनी पुस ७ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले सम्पत्ति तथा भूमिकर संकलन गर्न शिविर सुरु गरेको छ । सेवाग्राहीलाई घरदैलोमा सेवा प्रवाह गर्न शिविरको आयोजना गरेको हो । शनिवार ३ नम्बर वडा माझफाँटबाट शिविर सुरु गरिएको छ । पहिलो दिन शिविरमा दुइजनाले व्यवसाय दर्ता र २६ जनाबाट सम्पत्ति तथा भूमिकर वापत २४ हजार रुपियाँ […]

मंगला गाउँपालिकाको कुहुँमा एकिकृत घुम्ती शिवीर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ७ गते । म्याग्दीको पश्चिम मंगला गाउँपालिकाको १ नम्बर वडा कुहुँमा एकिकृत घुम्ती शिवीरको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा शनिवार एकदिने घुम्ती शिवीरको आयोजना गरिएको हो । शिवीरमा जिल्ला स्थित सरकारी कार्यालय र गाउँपालिकाले सेवा प्रवाह गरेका छन् । शिविरमा सेवा लिनका लागि स्थानीयवासीहरुको निकै […]

जिसस म्याग्दीको टिभी कता हरायो ?(पाठक प्रतिक्रिया)

विकल्प न्यूज/बेनी पुस ६ गते । केही महिना अघि जिल्ला समन्वय समितिको कार्यालय छिर्दा ढोकामै टिभी देखेको थिएँ । सेवाग्राहीहरुले आरम गर्दै टिभी हेरीरहेका हुन्थेँ । लाग्छ तत्कालिन जिविसले त्यहाँ टिभी राखेको हो । जिल्लाको बर्णन गरिएको वृतचित्र पनि टिभीमा हेर्न पाइन्थ्यो । धेरै समयपछि फेरी जिससमा छिर्ने काम प¥यो । तर त्यहाँ मैले टिभी […]

जलजलामा पचास मेगावाट क्षमताको जलविद्युत आयोजनाको अध्ययन सुरु

रोशन तिवारी /पर्वत मंसिर ५ गते । जलजला गाउँपालिकाको केन्द्र लामाखेत, मिलनचोक र कालीगण्डकी नदीको दृश्य  तस्विर विकल्प न्यूज पर्वतको जलजला गाउँपालिकामा जलविद्युत आयोजना निर्माणका लागि संभाव्यता अध्ययन शुरु भएको छ । जलजला गाउँपालिकामा पर्ने साविकको माझफाँट गाविस २, ३ र ४ नम्बर वडा क्षेत्रलाई समेटेर कालीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण हुने भएको हो । त्यसका […]

जलजलाको पाँचौ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस ५ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा विहिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा वसेको गाउँसभाले विभिन्न ८ वटा कार्यविधिहरु पारित गरेको छ । गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५,घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी […]

अख्तियारद्धारा म्याग्दीका वन अधिकृत घुस सहित रंगेहात पक्राउ

विकल्प न्यूज/बेनी पुस ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुस सहित डिभिजन वन कार्यालय म्याग्दीका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीवाट नगद ३४ हजार रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । बेनी नगरपालिका ७ स्थित सव […]

अन्नपूर्ण पदमार्ग : पर्यटक आगमनमा नयाँ रेकर्ड

विकल्प न्यूज/बेनी पुस ४ गते ।   विश्व प्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गमा यस वर्ष सर्वाधिक पर्यटकको आगमन भएको छ । गत वर्षको १२ महिनामा आएको भन्दा यसपटक ११ महिनामै बढी पर्यटक भित्रिएका छन् । तथ्यांक लिन थालिएको २२ वर्षको अवधिमा सबैभन्दा बढी चालु वर्ष सन् २०१८ मा २८ हजार ५ सय ३४ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, […]

लागूऔषध सहित एक युवा पक्राउ

विकल्प न्यूज/बेनी पुस ४ गते । सदरमुकाम बेनीमा मंगलवार एक युवा लागु औषध सहित पक्राउ परेका छन् । बेनी नगरपालिका ८ कालिपुलमा उदयपुर कटारी नगरपालिका वडा नं.१० घर बताउने २४ बर्षका आर्यन कार्कीलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बसपार्कमा शंकास्पद अबस्थामा हिँडीरहेको अबस्थामा उनलाई चेकजाँच गर्दा प्लास्ट्रिक झोलामा […]

पुरुष भलिबलको उपाधी म्याग्दी उद्दार समितिलाई

विकल्प न्यूज/बहराइन पुस ३ गते । बहराइन नेपाली एकता समाजले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधी म्याग्दी उद्दार समितिले जितेको छ । १७ डिसेम्बरमा आयोजना गरेको पुरुष भलिबलको उपाधी जित्न सफल भएको हो । एकता समाजको खेलकुद विभागद्वारा बहराइनमा बसोबास गर्ने नेपाली युवाहरुलाई सचेत र संगठित गर्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । नेपाली युवाहरूलाई सचेत र […]

लिटल गार्डेन एकेडेमीले  मनायो १५ औं बार्षिक उत्सव

विकल्प न्यूज/बेनी पुस २ गते ।  सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ बार्षिक उत्सवान जिल्ला […]

नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी

विकल्प न्यूज/बेनी पुस १ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ । आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा चार करोड ८९ […]

बेनी– लभ्लीहिल पदमार्ग निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस १ गते । शिलान्यास गरिएको तिनमहिना पछि बेनी– लभ्लीहिल पदमार्गको निर्माण सुरु गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि बेनी नगरपालिका,निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुको संयुक्त लगानीमा पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि करिब ७८ लाख रुपियाँ खर्च हुने अनुमान […]

पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर २८ गते । पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शुक्रवार सम्पन्न छैटौं साधारणसभामा बोल्ने बक्ताहरुले पछिल्लो समय पत्रकारिता पेशाप्रति नागरिकहरुले प्रश्न उठाउँदै आएकाले पेशालाई विश्वासनीय,मर्यादित र भरपर्दो बनाउन पत्रकारहरुलाई सुझाव दिएका हुन । साधारणसभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण […]