म्याग्दी समाचार
म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ
विकल्प न्यूज/बेनी चैत १२ गते । म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन रुम डाडाँ गाउँ र रुम अभिधराका जगत पुन पक्राउ पर्नुभएको छ […]
विप्लवद्धारा आन्दोलनको घोषणा
११ चैत, काठमाडौं । नेकपा विप्लव समूहले आफूमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सरकारले २८ फागुना विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु पक्राउ परेका छन् । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार वक्तव्य जारी गर्दै चैतभित्र प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिएका छन् […]
वर्ड फ्लु भित्रन नदिन उच्च सतर्कता
विकल्प न्यूज/बेनी बेनी ११ चैत । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक सतर्कताका उपाय अपनाउने निर्णय […]
झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल
विकल्प न्यूज/बेनी बेनी ११ चैत । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ । जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजीअ लीलाधर […]
स्वास्थ्य बीमामा आबद्ध हुनेलाई अब एक लाख बराबरको उपचार सुविधा
काठमाडौं : अबदेखि स्वास्थ्य बीमामा आबद्ध हुने परिवारका सदस्यले एक लाख बराबरको उपचार सेवा पाउने भएका छन्। बिमा नियावली पास भएपछि यसअघि बीमित परिवारले पाउँदै आएको सेवामा दोब्बर गरिएको हो। यस्तै अबदेखि बीमांक रकम पनि दोब्बर हुने भएको छ। स्वास्थ्य बीमा गर्ने व्यक्तिले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार पाउनेछन्। त्यसका लागि प्रिमियम ३ हजार पाँच सय तोकिएको […]
अन्नपूर्णका बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण
विकल्प न्यूज/बेनी चैत १० गते । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी […]
रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)
विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति […]
झोलुङ्गे पुलले जोड्यो गाउँ र सहर (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज चैत १० गते । तत्कालिन गाउँ र इलाका परिषद हुँदै जिल्ला परिषदले ८ बर्ष अघि माग गरे पनि अहिले मात्र पुल निर्माण भएको हो । रघुगंगा नदीको दुवै किनारको थाकन ढिल माथि बनाइएको पुल एकसय २१ मिटर लामो छ । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत पुल निर्माणको लागि गत साउनमा थानी–बिएलटी […]
संगममा पुनःपौडेल
विकल्प न्यूज/बेनी चैत १० गते । लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच (संगम) म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला पटेल, कोषाध्यक्षमा खिमा पुर्जा र सहसचिवमा रश्मि रोका रहनुभएको […]
झिँ र शिखमा हेलिप्याड निर्माण
विकल्प न्यूज/बेनी चैत १० गते । रघुगंगा गाउँपालिका–५ झिँ र अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित स्थानीय तहको आर्थिक र सुरक्षा निकायको प्राबिधिक सहयोगमा हेलीप्याड निर्माण भएको हो । झिँ र शिख सहित म्याग्दीका ४५ मध्य […]
लायन्स क्लवको चुनाव प्रचार टोली बेनीमा
विकल्प न्यूज/बेनी चैत ८ गते । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवको ३२५ बि १ को आगामी बैशाखमा हुनै छैटौ जिल्ला सम्मेलनबाट चयन हुने सेकेण्ड भ्वाइस डिष्ट्रिक्ट गर्भनर पदका लागि उमेद्वारी घोषणा गर्नुभएका विश्वेश्वर आचार्यको टोलीले शुक्रबार बेनीमा चुनाव प्रचार गरेका छन् । बैशाख ७ र ८ गते हुने सम्मेलनबाट चयन हुने भ्वाइस डिस्ट्रिक्ट गर्भनर पदका […]
धवलागिरी गाउँपालिकामा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न सिफारिस
विकल्प न्यूज/बेनी चैत ८ गते । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय गौरवका पूर्वाधार आयोजना सञ्चालन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । ्गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको मुना स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले संघीय सरकारको आग्रह अनुसार सडक तथा यातायात, विद्युत, भवन योजना सञ्चालनका लागि सिफारिस गरेको […]
हावाहुरीले राम्चे आधरभुत विद्यालय भवनमा आँशिक क्षति
विकल्प न्युज बेनी चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित भएको […]
म्याग्दीमा माध्यमिक परिक्षाको तयारी पुरा, सेनेटरी प्याड र प्राथमिक उपचारको व्यवस्था
विकल्प न्युज बेनी चैत्र ८ गते । आगमी चैत १० गते बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । परिक्षा लक्ष्यित म्याग्दीका सबै परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था सहित प्राथमिक उपचारको प्रवन्ध मिलाईएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख […]
मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग
विकल्प न्युुज बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास […]