म्याग्दी समाचार
गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजम्याग्दी, साउन ४ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । सभाहल निर्माण भएपछि आश्रममा बसोबास गर्ने बृद्धबृद्धाहरुलाई भेला तथा जमघट हुन र विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग पुग्ने […]
बेनी नगरको सार्वजनिक सुनुवाई ः पूँजीगत खर्च ८५ प्रतिशत

विकल्प न्यूज\बेनीअसार ३१ गते । बेनी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ मा विकास निमार्ण तर्फको पूँजीगत ८४.९९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत तर्फ रहेको १८ करोड ७७ लाख ६० हजार रपियाँ बजेट मध्य १५ करोड ९५ लाख ७२ हजार ४८० रुपियाँ बजेट खर्च भएको हो । सोमबार बेनी नगरपालिकाले वडा नम्बर ९ को […]
पाउद्धार तातोपानी जान साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो

विकल्प न्यूज/बेनीअसार ३१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(२ भुरुङ र वडा नम्बर ५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ। दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो। पुल निर्माणका लागि पूर्वाधार […]
रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

विकल्प न्यूज/बेनीम्याग्दी,असार ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक बर्ष २०८०\०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास निर्माण,जलविद्युत आयोजना,सेवा प्रवाह,शिक्षा,स्वास्थ्य,विपत व्यवस्थापन लगायतका […]
रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात […]
म्याग्दीको ताकममा पहिरोले घर पुरिदा २ जनाको मृत्यु

म्याग्दी,असार २८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/ ५१ वर्षका तुलप्रसाद र उहाँकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रमेश प्रसाद अधिकारीले बताए ।उहाँका […]
म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

विकल्प न्यूज/बेनीअसार २७ गते । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो। दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराउन केन्द्रलाई चालू […]
चिमखोलामा पहिरोले ४ घरपरिवारका २५ जना विस्थापित

विकल्प न्यूज\बेनीअसार २६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाको गैहृावारी भन्ने ठाउँमा बुधवार दिउँसो २ बजे पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा परी नर्सिङ गर्वुजाको गोठसहित १२ वटा बाख्रा, डेकबहादुर पुनको गोठ पुरिएको छ । त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको वडाध्यक्ष थकप्रसाद (रिम) पाईजाले बताउनुभयो । […]
तीन दिन भारी वर्षाको सम्भावना, केहीमा,अति भारी वर्षा हुन सक्ने

विकल्प न्यूज\बेनी असार २६ गते । मौसम पूर्मानुमान महाशाखाले आज ९असार २६ गते०देखि आगामी शनिबार ९असार २९ गते० सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी […]
बेनीका ल्याब मापदण्ड विपरित,विरामी चेकजाँच गर्ने कोठा साँघुरा र फोहोरी

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित औषधि पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधि पसलहरुमा अनुगमन गरिएको हो । औषधि पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू गरिएको अनुगमनको पहिलो चरणमा गरिएको अनुगमनमा सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई […]
म्याग्दीको मलम्पारमा भाइद्वारा चिर्पट प्रहार गरी दाइको हत्या

विकल्प न्यूज/बेनीअसार २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका– ५,मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय ३९ वर्षीय सोमबहादुर छन्त्यालले दाउरा चिर्पट प्रहार गरेर ४२ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् । सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन् । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार […]
विपद् व्यवस्थापनमा तीन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड

विकल्प न्यूज/बेनीअसार २५ गते । मनसुनजन्य विपद व्यवस्थापनमा तिन जिल्लाका सरोकारवालाहरुको सहकार्यमा जोड दिइएको छ । बुधबार पर्वतको जलजला गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पर्वत,बागलुङ र म्याग्दीका सरोकारवालाहरुले विपद् व्यवस्थापनमा समुहिक प्रयात्नलाई जोड दिएका थिए । विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव […]
कम्प्युटर सिक्ने आमाहरुको रहर

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूजअसार २५ गते । बेनी बजारको मंगलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्यनरत कल्पना सुनारले नेपाली र अंग्रेजी दुवै अक्षरहरु सजिलै टाइप गर्नुहुन्छ । उहाँ कक्षा ९ मा अध्यनरत हुनुहुन्छ । पढाइ सँगै सुनारमा कम्प्युटर सिक्ने रहर जागेर आएको छ ।सानो उमेरमै विवाह भएपछि बीचमै पढाई छाड्नु भएकी पर्वतको जलजला गाउँपालिका ४ […]
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन

विकल्प न्यूज\बेनीअसार २४ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध […]
बेनी नगरका कच्ची सडक ढलान र कालोपत्रले यात्रा सहज बन्दै

ठाकुरप्रसाद आचार्य /बेनीअसार २४ गते । घर अगाडीको सडक कच्ची भएका कारण वर्षौ देखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि भने खुसी हुनुहुन्छ । कच्ची सडकका कारण बर्षौ देखि सास्ती भोग्दै आएका थियौं उहाँले भन्नुभयो, ‘‘अहिले घर अगाडीको सडक कालोपत्रे भएर चिल्लो भएको […]