म्याग्दी समाचार
जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र म्याग्दीको कार्यालय भवनको शिलान्यास
विकल्प न्यूज/बेनी फागुन १ गते । २७ औँ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र म्याग्दीले कार्यालय भवनको शिलान्यास गरेको छ । बेनी नगरपालिका ७ स्थित महारानीथानमा सहिद मदन स्मृति भवन नामाकरण गरिएको भवनको सहिद परिवारकी खिमाकुमारी केसीले शिलान्यास गर्नुभयो । जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा ज्यान गुमाएका म्याग्दीका सहिद मदन केसीका आमा केसीले […]
सुन्तला खेतीबाट समृद्ध बासखर्क
ठाकुरप्रसाद आचार्य/जलजला माघ २९ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा खत्री चयन
विकल्प न्यूज/बेनी माघ २८ गते । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती म्याग्दीको अध्यक्षमा अञ्जन खत्री चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको चौथो जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा त्रिविक्रम शर्मा, महिला उपाध्यक्षमा रुपा विक, उपाध्यक्षमा गोविन्द पुन, सचिबमा खगेन्द्र विक, सह–सचिबमा सुदिप खत्री, कोषाध्यक्षमा नरेन्द्र […]
बेनी नगरको सार्वजनिक जग्गामा बेथिति ः ४ लाख सम्म विक्री
विकल्प न्यूज/बेनी माघ २८ गते । बेथिति नम्बर १. बेनी नगरपालिका ७ सामुदायिक चोकमा विगत करिब १० वर्ष देखि टहरमा व्यवसाय गर्दै आउनुभएकी जमीला बेगमले उक्त टहरा शिवकुमार शाहालाई ४ लाख ७० हजारमा विक्री गरेको । उक्त टहराको मर्मत गरी सटर निर्माण गरेर केही महिनापछि नै फेरी मुकेशलाल कायस्थालाई ४ लाख ३० हजारमा विक्री गरेको […]
नदी कटानबाट बेनीलाई जोगाउन संरक्षण योजना सुरु
ठाकुरप्रसाद आचार्य /बेनी माघ २८ गते । म्याग्दीको सदरमुकाम बेनीलाई नदी कटानबाट जोगाउन बेनीबजार संरक्षण योजना सुरु गरिएको छ । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनीलाई संरक्षण गर्न डिपिआर बनाएर तिनवर्ष अघिदेखि योजना सुरु गरिएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बजार संरक्षण […]
नेकपा एमाले बेनी नगर कमिटिद्वारा कार्यकर्तालाई प्रशिक्षण
विकल्प न्यूज/बेनी माघ २६ गते । नेकपा एमाले बेनी नगर कमिटिको आयोजनामा नेतृत्व विकास सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।बुधबार एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रममा नेकपा एमाले लुम्वीनी प्रदेश कमिटि सदस्य राम बहादुर रावतले प्रशिक्षण दिनुभएको हो । उहाँले नेता तथा कार्यकर्ताको नेतृत्व तथा ब्यक्तित्व विकास, पार्टीको चुनावी रणनीति, अहिलेको […]
निर्वाचन लक्षित कार्यक्रम बनाउँदै म्याग्दीका दलहरु
ठाकुरप्रसाद आचार्य /म्याग्दी माघ २६ गते । सरकारले आगमी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटन थालेका छन् । निर्वाचन हुने नहुने आशंका विच नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको वैठकले निर्वाचनको मिति घोषणा गरेपछि दलहरु आन्तरिक योजना बनाउन जुटेका हुन । दलहरुले आगमी निर्वाचन लक्षित कार्यक्रमहरु बनाउन […]
स्थानीय चुनावको कार्ययोजना बनाउँदै निर्वाचन आयोग
विकल्प न्यूज/काठमाण्डौं माघ २६ गते । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ […]
लामाखेत सुकुम्बासीका पीडा ः ‘चालिस वर्षमा पनि पाएनन् लालपुर्जा’
ठाकुरप्रसाद आचार्य /जलजला माघ २४ गते । यहाँको एक वस्तीमा वस्ने सुकुम्बासीहरुले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका ४ लामाखेत स्थित सुकुम्बासीहरु बसोबास गरेको चालिस वर्ष हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । यो वस्तीमा बसोबास गर्ने सवैजना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका […]
म्याग्दी खोला जलविद्युतको सुरुङ खन्ने काम सुरू
विकल्प न्युज/बेनी माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणधिन अवस्थामा रहेको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरू खन्ने काम सुरू भएको छ । २५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको […]
मंगला गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न
विकल्प न्यूज/बेनी माघ २१ गते । जिल्लाको मंगला गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले १६ वटा योजनाका लागि थप ३८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सभाले पालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका योजना तथा कार्यक्रमको समिक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका […]
महिला भलिबल टोलीलाई सरकारको सम्मान
काठमाडौँ, माघ २१ गते। बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री देउवाले उपाधि विजेता महिला टोलीका […]
तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडियो सहित)
विकल्प न्यूज/बेनी माघ २० गते । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दविएपछि विहिवार जिल्ला […]
सामुदायिक विद्यालयको विकासका लागि जुटे गाउँले
धु्रबसागर शर्मा/विकल्प न्यूज माघ १९ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित सरस्वति आधारभूत विद्यालयको स्तरोन्नति तथा विकासका लागि गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् । २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । […]
घलेम्दी हाइड्रोले २० लाख रुपैयाँ खुद नाफा कमायो
काठमाडौं । माघ १८ गते । घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो मुनाफा कमाएको हो । गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ […]