घलेम्दी हाइड्रोले २० लाख रुपैयाँ खुद नाफा कमायो

काठमाडौं 

माघ १८ गते ।

घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो मुनाफा कमाएको हो ।

गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ लाख ७२ हजार रुपैयाँ घाटामा थियो ।

यस्तै, यही अवधिमा कम्पनीले ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी १ करोड ४८ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयअवधिमा १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा रहेको र प्रतिसेयर नेटवर्थ १००.२८ रुपैयाँ रहेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।urjakhabar