म्याग्दी समाचार
बेनीमा योग पूर्वाधारको अभावले सर्वसाधारणलाई समस्या
म्याग्दी, चैत ६ गते । बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको हो । मन्दिर, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिनुभयो । “भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ”, उहाँले भन्नुभयो, “योगाभ्यासलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको […]
काँग्रेसको मापदण्ड ः लोकप्रियताको आधारमा टिकट
विकल्प न्यूज\बेनी चैत ६ गते । आसन्न स्थानीय तहको निर्वाचनमा लोकप्रियताको आधारमा नेपाली काँग्रेसले उम्मेदवारको टिकट दिने भएको छ । निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको काँग्रेसले व्यक्तिको लोकप्रियताको आधारमा टिकट दिने बताएको हो । स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज […]
निर्वाचन लक्षित प्रशिक्षणमा जुट्यो एमाले
विकल्प न्यूज\बेनी चैत ६ गते । नेकपा एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको हो । शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा […]
स्थानीय तह निर्वाचन ः वैशाख ११ र १२ उम्मेदवारी मनोनयन
विकल्प न्यूज/बेनी चैत ४ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको मिति तोकेको छ । शुक्रबार बसेको आयोगको बैठकले वैशाख ११ र १२ गते विहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो । मनोनयन गर्दा निर्वाचन अधिकृतको कार्यालयमा गर्न […]
सरस्वती विद्यालयलाई मोना बेल्जियमको सहयोग
विकल्प न्यूज/बेनी चैत ४ गते । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रानाले समुदायको सक्रियताले नै विद्यालयको शैक्षिक […]
वनजंगलमा डढेलोको जोखिम बढ्यो
विकल्प न्यूज\बेनी चैत ३ गते । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको […]
म्याग्दीमा स्थानीय निर्वाचन ः तालमेल कि एक्ला एक्लै ?
विकल्प न्यूज\बेनी फागुन २ गते । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । जिल्लाका मुख्य दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । पाँचवटा गाउँपालिका र एक नगरपालिका सहित जिल्लामा ६ वटा स्थानीय तह छन् । सत्ता गठबन्धनमा सहभागि दुई ठूला दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लमा […]
मराङको दुर्गम गाउँ बुलमा सडक पुग्यो
विकल्प न्यूज\बेनी चैत १ गते । जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका–६,मराङको बुल गाउँमा पहिलोपटक सडक पुगेको छ । भौगोलिक रुपमा विकट रहेको बुल गाउँमा मोटर पुगेपछि स्थानीयवासीहरु खुसि भएका छन् । यो सँगै मराङका सवै वस्तीहरु सडक सञ्जालसँग जोडिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट १२ लाख, पचास हजार सांसद भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट […]
रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख संकलन
विकल्प न्यूज\बेनी फागुन ३० गते । बेनी नगरपालिका १ रत्नेचौरमा आयोजना गरिएको रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख रुपैया भन्दा वढी संकलन भएको छ । ८ दिन सम्म सञ्चालन भएको धार्मिक महोत्सवमा भक्तजनहरुबाट ३१ लख ७० हजार एकसय तीन रुपैयाँ नगद संकलन भएको महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो । संकलन भएको रकमबाट […]
बेनी नगर कार्यपालिकाको ७९ औं वैठकका निर्णय सार्वजनिक
विकल्प न्यूज\बेनी फागुन ३० गते । कार्यपालिकाका निर्णय सार्वजनिक गर्दै प्रवक्ता रामकृष्ण बराइली । बेनी नगरपालिकाले दुई ग्रामिण सडक स्तरोन्नती गर्ने भएको छ । नगरको सोमबार वसेको ७९ औं कार्यपालिकाको वैठकले सडक बोर्डबाट प्राप्त भएको ५५ लाख र नगरको समपुरक कोषको २७ लाख गरी ८१ लाख रुपैयाँ सडक स्तरोन्नतीका लागि रकम विनियोजन गर्ने निर्णय गरेको […]
ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम
विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी सदरमुकाम बेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण बिषयक अन्र्तक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालयको सहयोग र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकमा रहेको ज्ञान,सीप र अनुभव समेटिएको बृत्तचित्र प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा […]
लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण
विकल्प न्यूज\बेनी फागुन २९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी […]
म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु
धनिलाल गर्बुजा \विकल्प न्यूज फागुन २९ गते । नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले […]
काँग्रेसको चुनावी अभियान आजदेखि
फागुन २९ गते । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गर्दैछ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको […]
म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा
विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने […]