ताजा समाचार:
Search

सरस्वती विद्यालयलाई मोना बेल्जियमको सहयोग

विकल्प न्यूज/बेनी
चैत ४ गते ।

 बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रानाले समुदायको सक्रियताले नै विद्यालयको शैक्षिक र भौतिक विकास हुने बताउनुभयो । उहाँले सिमित स्रोतसाधन बाहेक विद्यालयमा समुदायको ठूलो लगानी रहेको बताउनुभयो ।

त्यस्तै ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचार बाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताउनुभयो ।

त्यस्तै विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरेले सदरमुकाम बेनीमा विद्यालयमा विद्यार्थीको चाप बढेपछि भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको अभियानमार्फत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक संकलन अभियानका संयोजक कृष्ण थापा लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । सोही अवसरमा १० हजारको स्टेशनरी साम्रागी समेत हस्तान्तरण गरिएको थियो ।

मोना बेल्जियमका अध्य रकेन्द घिमिरेले यो दोस्रो अक्षय कोष भएको बताएका छन् । उनले यसअगाडी पाउद्धार माविमा समेत


स्वर्गीय होमप्रसाद तिलिजा ९डिपिन० को स्मृतिमा १ लाख ५० हजारको अक्षय कोष स्थापना गरिएको बताए । विब्यस अध्यक्ष चित्रबहादुर रिजाल,प्रधानाध्यापक छेमप्रसाद पुनले स्वागत र सञ्चालन शिक्षिका घनदेबी घर्तीले सञ्चालन गर्नुभएको थियो। बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा समुदायभित्रका भन्दा अधिकांस मजदुरीका लागि बिभिन्न स्थानबाट आएका र आर्थिक अभावकै कारण अलपत्र परेका बालकालिका धेरै रहेको विद्यालयले जनाएको छ ।