म्याग्दी समाचार

बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । मेयरमा […]

अर्थुङ्गेमा सडक कालोपत्रे

विकल्प न्यूज\बेनी चैत २९ गते । बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा सडक कालोपत्रे गरिएको छ । बेनी – अर्थुङ्गे – घतान – पाखापानी सडक अन्तर्गत अर्थुङ्गेको देउराली देखि एकसय ७० मिटर सडक कालोपत्रे योजना सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत सडक कालोपत्रे र दुईसय पचास मिटर पक्की नाली निर्माण गरेको छ […]

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

काठमाडौं, चैत २९ गते । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् […]

अघिल्लो निर्वाचनमा निर्विरोध भएको दग्नाममा एमालेले अघि सा¥यो उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २९गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा सर्वसम्मत रुपमा उम्मेदवार टुंगो लगाएको छ । मंगलबार भएको वडा कमिटीको वैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको गाउँपालिका कमिटीका सचिव झलक आचार्यले जानकारी दिनुभयो । यस्तै उहाँले दिएको जानकारी अनुसार खुल्ला सदस्यमा खड्क बहादुर गर्बुजा,महिला […]

म्याग्दीमा गठबन्धन दलहरुमा अलमल

विकल्प न्यूज\बेनी चैत २९ गते । आसन्न स्थानीय तह निर्वाचन आउन एकमहिना वाँकी छ । प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तहमा धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ । वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका सत्तासाझेदार दलहरु भने अलमलमा परेका छन् । निर्वाचनमा साझा उम्मेदवार उठाउने सैद्धान्तिक निर्णय गरेका गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार चयन गर्न […]

म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्य आए चुनावी प्रतिस्पर्धामा

विकल्प न्यूज\बेनी चैत २८ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ८ मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका […]

बेनपा ७ मा एमालेबाट पुनः राजेन्द्र कुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत २८ गते । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा ७ मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार […]

गठबन्धनसँग चुनाव लड्न मैदानमा उत्रिए एमालेबाट भरत र दिवा

विकल्प न्यूज\बेनी चैत २८ गते ।   आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मद्वार टुंगो लगाएको छ ।  आइतबार र सोमबार गाउँपालिका केन्द्र पोखरेबगरमा बसेको गाउँपालिका कमिटीको वैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपा एमालेका जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । […]

मंगलाको अध्यक्षमा रोकालाई दोहो¥याउने एमालेको निर्णय

विकल्प न्यूज/बेनी चैत २८ गते । आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा हालकै अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ । आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो । रोका मंगला […]

मतदानबाट टुंगो लगाइयो छन्त्याल संघको नेतृत्व

विकल्प न्यूज/बेनी चैत २८ गते । बेनीमा जारी नेपाल छन्त्याल संघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सहमति नजुटेपछि मतदानबाट टुंगो लगाइएको छ । आइतबार भएको मतदानबाट मनमोहन बुढाथोकी छन्त्यालले निर्वाचित हुनुभएको छ । संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः छन्त्याल निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले २ सय ४ मत ल्याएर बिजयी […]

२३ वर्षीय रन्जनाले गरिन स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेद्वार घोषणा

विकल्प न्यूज\बेनी चैत २७ गते । २३ वर्षीय रन्जना श्रेष्ठले आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर घोषणा गरेकी छन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत रघुगंगा गाउँपालिका २ भगवतीकी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेद्वार भएको घोषणा गरेकी हुन । ‘भगवतीको समग्र शिक्षा क्षेत्रको रुपान्तरण गरि कुनै […]

म्याग्दीका गिरी माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा निर्वाचित

विकल्प न्यूज\बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन् । महानगर समितिका अध्यक्षलगायतका पदाधिकारी चयनका लागि शुक्रबार भएको निर्वाचनमा गिरीले प्रत्याशी शिवजी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा विजयी भए । गिरीले ३९ र लामिछानेले ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिनुभयो […]

म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु

विकल्प न्यूज\बेनी चैत २५ गते । म्याग्दीमा टाइफाईड विरुद्धको खोप अभियान शुक्रबारदेखि सुरु भएको छ । चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै […]

गठबन्धनका पक्षमा उभिन काँग्रेस कार्यकर्तालाई गृहमन्त्रीको निर्देशन

ठाकुरप्रसाद आचार्य/बेनी चैत २५ गते । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनका पक्षमा सकरात्मक वातावरण पार्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आउनुभएका गृहमन्त्री खाँडले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्म पु¥याएर […]

आज देखि म्याग्दीमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु

विकल्प न्यूज\बेनी चैत २५ गते । नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा बैशाख २५ गते देखि सुरु गरिएको छ । अभियान अन्तरगत जिल्लामा २८ हजार बढी बालबालिकालाई यो खोप लगाइने भएको छ । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लागेको उक्त अभियानको क्रममा म्याग्दीमा १५ महिनादेखि १५ वर्षमुनिका […]