विकल्प न्यूज\बेनी
चैत २७ गते ।
२३ वर्षीय रन्जना श्रेष्ठले आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर घोषणा गरेकी छन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत रघुगंगा गाउँपालिका २ भगवतीकी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफू निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेद्वार भएको घोषणा गरेकी हुन ।
‘भगवतीको समग्र शिक्षा क्षेत्रको रुपान्तरण गरि कुनै पनि अभिभावक सन्तानको शिक्षाको चिन्ताले गाउँ छोडेर बसाईसराई गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र भगवतीको समयानुकूल विकासका लागि वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी दिने घोषणा गरेकी छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
लामो समय सामाजिक कार्यमा आवद्ध हुँदा बखत देखि सिकेका सीप, आवश्यक बोध गरेका सुधार गर्नुपर्ने पक्षका साथै सरकारी सेवालाई प्रविधिमैत्री र सहज रुपमा सबैको पहुँचमा पु¥याई भगवतीका सबै पक्षको सन्तुलित बिकासको लागि मैले उम्मेद्बारीको घोषणा गरेकी छु । उनले लेखेकी छन् ।