ठाकुरप्रसाद आचार्य/बेनी
चैत २५ गते ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनका पक्षमा सकरात्मक वातावरण पार्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार बेनी आउनुभएका गृहमन्त्री खाँडले काँग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ता सँगको भेटघाट कार्यक्रममा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्म पु¥याएर सफलता हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँडले संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भएकाले यसको रक्षा गर्नु काँग्रेसको दायित्व भएको उहाँले बताउनुभयो । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेकाले यो निर्णयको पक्षमा शसक्त भएर उभिन काँग्रेस नेता तथा कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो ।
गठबन्धनप्रति मेरो पूर्ण विश्वास छ, गठबन्धनका लागि हामीले उनीहरुलाई बचन दिएका छौं गृहमन्त्री खाँणले भन्नुभयो,‘ खोला त¥यो लौरो बिस्र्यो त गर्नु भएन नी ।’ सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई हामीले पुरा विश्वास दिलाएका छौं गृहमन्त्री खाँडले भन्नुभयो ‘त्यसैले काँग्रेसले उनीहरुप्रति विश्वास घात गर्नुहुँदैन ।’
तत्कालिन केपी शर्मा ओली सरकारले संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाले त्यसका विरुद्ध संसदमा भएका माओवादी लगायतका दलहरुसँग सहकार्य गरेर काँग्रेसले मुलुकलाई बचाएको उहाँले बताउनुभयो ।
हामी संसदमा सानो संख्यामा थियौं काँग्रेस एक्लैले मुलुकलाई सहिबाटोमा ल्याउन सक्ने अवस्था थिएन उहाँले भन्नुभयो ‘माओवादी लगायतका अन्य साना दलहरुको सहयोगले नै कठिन परिस्थितिमा मुलुकको नेतृत्व गर्ने अवसर हामीले पाएका छौं यो कुरा विर्सिनु हुँदैन,त्यसैले काँग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धनका पक्षमा उभिएको हो ।’ गठबन्धन गर्दा हामीले स्थानीय तहमा केही सिट गुमाउनुपर्ला तर संविधान र लोकतन्त्रको रक्षा काँग्रेसका लागि पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो ।
गठबन्धनका पक्षमा काँग्रेसले गरेका निर्णयहरु अक्षरस पालना गर्नु सवै नेता तथा कार्यकर्ताको दायित्व भएको उहाको भनाई थियो । मुलुकको प्रतिकुल अवस्थामा काँग्रेसले सरकारको नेतृत्व गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तहमा सत्तापक्षका दलहरुकाबीच गठबन्धन गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।
राजनीतिक र वैचारिक रुपमा भिन्न भएपनि मुलुकको हितका लागि काँग्रेसले माओवादी र समाजवादी लगायत अन्य दलहरुसँग गठबन्धन गरेर जानुपर्ने अवस्था सिर्जना भएको गृहमन्त्री खाँडको भनाई थियो । साथै गृहमन्त्री खाँणले बेनीमा सुरु भएको नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्नहुँदै छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उहाँको भनाई थियो । दुईदिन सम्म सञ्चालन हुने अधिवेशनमा देशभरका करिब ३ सय पचास जना प्रतिनिधिहरु बेनीमा भेला भएका छन् । अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएका छन् ।