विकल्प न्यूज/बेनी
चैत २८ गते ।
बेनीमा जारी नेपाल छन्त्याल संघको महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सहमति नजुटेपछि मतदानबाट टुंगो लगाइएको छ । आइतबार भएको मतदानबाट मनमोहन बुढाथोकी छन्त्यालले निर्वाचित हुनुभएको छ । संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः छन्त्याल निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले २ सय ४ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रत्यासी गजेन्द्र छन्त्यालले एकसय १२ मत ल्याउनुभएको निर्वाचत समितिका संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो ।
महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्यालले १ सय ८५ प्राप्त गरी निर्वाचित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी पदम डाँडामारे छन्त्यालले ७७ र र देबप्रसाद घरब्जा छन्त्यालले ३७ मत प्राप्त गर्नुभएको छ । महाधिवेशनमा अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजय हुनुभएको छ । कुल खसेको मतमध्ये १० मत बदर भएको थियो ।
महाधिवेशनबाट खुला उपाध्यक्षमा हरिचन छन्त्याल, महिला उपाध्यक्षमा यमुना छन्त्याल, उपाध्यक्ष गण्डकी प्रदेशमा खिमबहादुर छन्त्याल, उपाध्यक्ष लुम्बीनी प्रदेशमा लाकेप्रसाद छन्त्याल, प्रदेश नम्बर ३ मा चक्रबहादुर (भरत ) घरब्जा छन्त्याल, महासचिबमा कृष्ण बहादुर छन्त्याल, कोषाध्यक्षमा शिबप्रसाद छन्त्याल,उपमहासचिबमा घनबहादुर छन्त्याल, सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिबमा समप्रसाद छन्त्याल र महिला सचिबमा थममायाँ छन्त्याल सर्वसम्मत हुनुभएको थियो
अध्यक्षमा निर्वाचित मनमोहन बुढाथोकी छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताउनुभएको छ । महाधिवेशनले ३२ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको जनाइएको छ । महाधिवेशनको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्नुभएको थियो ।