बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

विकल्प न्यूज\बेनी
चैत २९ गते ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

मेयरमा सिफारिस गरिएकाहरुमध्ये श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । श्रेष्ठ हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सदस्य समेत हुनुहुन्छ । यस्तै रावल युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष तथा पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ । केसी जिल्ला कमिटी सचिव र जिसी नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।

उपमेयरमा पशुपति शाही,विष्णु गुरुङ,भावना पौडेल र गौरी थापाको नाम सिफारिस गरिएको छ । मेयर र उपमेयरमा सहमति नजुटेपछि आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ ।