ताजा समाचार:
Search

बिजनेस

गरिमाको साधारणसभा पुस २८ मा

काठमाडौं, पुस ६ । गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट प्रस्तावित बोनस शेयर पारित गर्नेछ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ […]

म्याग्दीमा सुन्तलाको उत्पादन घट्यो

सन्तोष गौतम /न्यूज म्याग्दी ४ पुस । यस वर्ष म्याग्दीको प्रमुख फलफुल बाली सुन्तलाको उत्पादनमा कमी आएको छ । प्रतिकुल मौसम र रोगकिराको समस्याका कारण उत्पादन घटेको कृषकहरुले बताएका छन् । विगतका वर्षको तुलनामा कम फल लागेको र फलेका दाना पनी “फ्रुट फ्लाई” रोगका कारण नटिप्दै झर्ने क्रम बढेपछि कृषक चिन्तीत भएका छन् । सुन्तला […]

म्याग्दी महोत्सवको तयारी तिब्र

सन्तोष गौतम /विकल्प न्यूज बेनी २ पुष । यही महिनाको अन्त्यतिर बेनीमा सुरु हुने छैटौ म्याग्दी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ तयारीको […]

म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

सन्तोष गौतम/ विकल्प म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैङ्कीङ […]

न्यू धौलागिरी सहकारीद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनीमा रहेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले एक दृष्टिविहीन विद्यार्थीको पढाईका लागि आर्थिक सहयोग गरेको छ । १८ औ वार्षिक साधारणसभा तथा छैठो अधिवेशनको अवसरमा शनिबार बेनपा ९ का गोपाल खत्रीलाई ३३ हजार रुपैयाँ नगद सहयोग गरेको हो । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तह […]

म्याग्दी उद्योग वाणिज्य संघको पद बिभाजन

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् । संघको बैठकले पदाधिकारीमा  पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण रिजाल, […]

राम्चेको महरेडाँडा पर्यटकीय गन्तव्य बन्दै

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा पर्ने महरेडाँडा पर्यटकको रोजाईमा पर्न थालेको छ । समुद्री सतह देखि तिनहजार तिनसय मिटरको उचाईमा रहेको महरेडाँडाबाट सूर्योदय, हिमश्रृङ्खला र पहाडी भूगोलको रमाइला दृश्य अवलोकनका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । पर्यटकीय गन्तव्यका रुपमा विकास हुनथालेपछि यहाँ आन्तरिक एवम् वाह्ै पर्यटकको […]

समृद्ध म्याग्दीका लागि जलस्रोत,पर्यटन र कृषि लगानीका आधार

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ११ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशन शनिबारदेखि बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीमा पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउँदै आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । “म्याग्दीका […]

निर्वाचन पछि लगानीको वातावरण ः नीजि क्षेत्र

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कात्तिक ११ गते । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आसन्न मंसिर १० र २१ गतेको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लगानीको वातावरण सिर्जना हुने बताउनुभएको छ । निर्वाचन पछि राजनीतिक स्थायित्व कायम हुने भएकाले लगानी मैत्री वातावरणका लागि नेपाल उर्वर भूमि हुने उहाँको भनाई छ […]

म्याग्दी उद्योग वाणिज्य संघमा सहमतिमा नयाँ नेतृत्व

विकल्प न्यूज/बेनी कार्तिक १० गते । नीजि क्षेत्रको साझा संगठन म्याग्दी उद्योग वाणिज्य संघमा आगमी तिन वर्षे कार्यकालका लागि सहमतिमा नयाँ नेतृत्व चयन हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि भोली शनिवार २४ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन हुँदै छ । उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा रहेका सदस्यहरु विच पटक पटक भएको […]

घलेम्दी हाइड्रोपावरको आईपिओ आउने

विकल्प न्यूज/बेनी कार्तिक ७ गते । घलेम्दी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरुका लागि साधारण शेयर जारी गर्ने भएको छ । म्याग्दीको नारच्याङमा निर्माणधिन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाका लागि कम्पनीले स्थानीयवासीका लागि आईपिओ जारी गर्ने भएको हो । हाइड्रोपावरले पहिलो चरणमा स्थानीयवासीहरुका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर […]

पुनहिलमा दैनिक पाँचसय पर्यटक (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक ६ गते । म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको पुनहिलमा पर्यटकको ओइरो लागेको छ । सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि भएको हो । आन्तरिक र वाह्ै गरि दैनिक करिव पाँचसय पर्यटकहरुले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायीहरु बताउँछन् ।   दशैं तिहार विदाका समयमा चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने […]

घुमाउने तालमा कालीगण्डकी रिसोर्ट सञ्चालनमा

सन्तोष गौतम /विकल्प न्यूज असोज ८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा शनिबार देखि जिल्लामै पहिलो स्विमीङ पुल सहितको कालीगण्डकी रिसोट सञ्चालन भएको छ । पिप्लेका ३९ वर्षका हरिबहादुर चन्दले बेनी–जोमसोम सडकखण्ड अन्तर्गतपर्ने घुमाउने तालमा करिब ३० रोपनी जग्गा भाडामा लिएर कालीगण्डकी रिसोर्ट एण्ड एचबिसी स्विमीङ पुल सञ्चालनमा ल्याउनुभएको हो । पहिलो चरणमा रेष्टुरेन्टको […]

कस्तुरी सहकारीको आठौँ बार्षिक साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी असोज ३ गते । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीले कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले […]

महिला उद्यम विकास समितिको सर्वसम्मत नेतृत्व चयन

सन्तोष गौतम/विकल्प न्यूज असोज १ गते । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा सिर्जना भट्टचन, […]