काठमाडौं, पुस ६ ।
गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट प्रस्तावित बोनस शेयर पारित गर्नेछ ।
बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ लाख ३६ हजार ५ सय २१ रुपैयाँ) बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।
बैंकले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म शेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । aarthik news