विकल्प न्यूज/बेनी
कार्तिक १० गते ।
नीजि क्षेत्रको साझा संगठन म्याग्दी उद्योग वाणिज्य संघमा आगमी तिन वर्षे कार्यकालका लागि सहमतिमा नयाँ नेतृत्व चयन हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि भोली शनिवार २४ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन हुँदै छ ।
उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा रहेका सदस्यहरु विच पटक पटक भएको छलफल र वैठकबाट शुक्रवार दिउसो नयाँ नेतृत्व चयन गर्न सहमतिमा पुगेका हुन ।
जिल्लामा क्रियाशिल नेपाली काँग्रेस,एमाले र माओवादी केन्द्र समर्थित उद्योगी व्यापारीहरु सवैलाई मिलाएर नयाँ कार्यसमिति बनाउन सहमति गरेका हुन ।
सहमति अनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्यले अवको तिन वर्षे कार्यकाल हाक्ने हुनुभएको हो ।
यसै गरि वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष बेलवहादुर कटुवाल,प्रथम उपाध्यक्षमा अहिलेका द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठ, द्धितिय उपाध्यक्षमा हालका महासचिव राजेश शाक्य र महासचिवमा वर्तमान सचिव लिलाराम गौतमलाई लैजाने सहमति भएको उवासंघको उच्च स्रोतले बतायो ।
यसै गरि कोषाध्यक्षमा कार्यसमिति सदस्य अमित वानियाँ र सचिवमा सुवर्ण रिजालको पक्षमा सहमिति सहमति भएको वताइएको छ । अन्य सदस्यहरुका वारेमा सहमतिका साथ टुङ्गाइएको बताइएको छ ।
भोली हुने अधिवेशनको सवै तयारी पुरा भएको संघका महासचिव राजेश शाक्यले बताउनुभयो ।