घलेम्दी हाइड्रोपावरको आईपिओ आउने

विकल्प न्यूज/बेनी
कार्तिक ७ गते ।

galemdhi 3घलेम्दी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीहरुका लागि साधारण शेयर जारी गर्ने भएको छ ।
म्याग्दीको नारच्याङमा निर्माणधिन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाका लागि कम्पनीले स्थानीयवासीका लागि आईपिओ जारी गर्ने भएको हो ।

हाइड्रोपावरले पहिलो चरणमा स्थानीयवासीहरुका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।galemdhi 2कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरीसकेपछि सर्वसाधारणको लागि करिब ११ करोड रुपैयाँको सेयर जारी गर्ने घलेम्दी हाइड्रो पावरका कार्यकारी अध्यक्ष किसोर सुवेदीले जानकारी दिनुभयो । आयोजनाले साधरण सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा भिवोर क्यापिटल रहेको छ ।

घलेम्दी हाइड्रो लिमिटेडले म्याग्दीको नारच्याङ–१ मा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ ।