म्याग्दी उद्योग वाणिज्य संघको पद बिभाजन

सन्तोष गौतम /विकल्प न्यूज
बेनी १५ कात्तिक ।

IMG_0293म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् । संघको बैठकले पदाधिकारीमा  पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण रिजाल, कोषाध्यक्षमा अमित बानिया, सहकोषाध्यक्षमा सुमन श्रेष्ठ र सहसचिवमा नारायण जिसी चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा टेकप्रसाद सापकोटा,लक्ष्मण शर्मा,खेमवहादुर केसी,सरोज बानियाँ,ताराप्रसाद आचार्य,ठाकुरप्रसाद शर्मा,चन्द्र वहादुर विश्वकर्मा,राजकुमार श्रेष्ठ,भूमिनाथ सापकोटा,गणेश कुमार श्रेष्ठ,सुरेन्द्रराज शर्मा,कमल विश्वकर्मा,याम वहादुर खड्का,गोपाल प्रसाद रेग्मी,तारानाथ रेग्मी,इश्वर कुमार श्रेष्ठ र अंन्जित खाँनले पदभार ग्रहण गर्नुभएको छ ।

 नहकुल ढकाल, मोतीलाल पौडेल, भोजबहादुर रिजाल, यज्ञराज थापा र बमबहादुर केसी कार्यसमिति सदस्यमा मनोनित हुनुभएको छ । मित्रलाल अधिकारी, जिवन गौतम, दशरथ कर्माचार्य, सुन्दर केसी, दिनेशकुमार बराल, नारायण शर्मा, एकराज चापागाई र अमर पाण्डेलाई आमन्त्रीत सदस्यमा मनोनीत गरिएको संघले जनाएको छ ।

शनिबार सम्पन्न संघको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचीत भएको थियो । संघको निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा रहनुभएको छ भने दरवाङ ईकाईका सभापती गोविन सिउथानी, महिला उद्यम विकास समितिका सभापती सुनिता केसी र बस्तुगततर्फबाट पुस्तक व्यवसायी संघका प्रतिनिधि पदेन सदस्य रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा संघका पुर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, पुर्व अध्यक्ष कुबिर श्रेष्ठ, सुर्दशनकुमार श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष कर्माचार्यले उद्योगी, ब्यापारीको हक, हित र प्रर्वद्धनका साथै सामाजिक क्रियाकलामा स्थानीय सरकार र सरोकारवालाहरुसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।