ताजा समाचार:
Search

बिजनेस

चर्को ब्याजमा ऋण लगानीगर्नेहरु सहकारी हुन सक्दैनन ः मुख्य मन्त्री

विकल्प न्यूज/बेनी साउन २४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बचत उठाउने र चर्को ब्याजमा ऋण लगानी गर्नेहरु सहकारी हुननसक्ने बताउनुभएको छ । सहकारी हुनका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाई थियो । विहिवार बेनीमा दोस्रो जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले उत्पादन सँग नजोडिएका सहकारीहरुलाई प्रदेश सरकारले नियमन गर्ने बताउनुभयो । […]

बेनीमा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार

विकल्प न्यूज/बेनी साउन २२ गते ।सेन्चुरी कमर्सियल बैंकले म्याग्दीको सदरमुकाम बेनीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार बेनी नगरपालिका ८ न्यूरोडमा एक कार्यक्रमविच नयाँ शाखाको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । सेन्चुरी कमर्सियल बैंकको यो एकसय १२ औं शाखा हो । बेनी शाखाको […]

पचहत्तर हजार पर्यटकले म्याग्दी भ्रमण गरे

विकल्प न्यूज/बेनी साउन २० गते । एक वर्षको अवधिमा करिब पचहत्तर हजार जना विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा म्याग्दी भ्रमण गर्ने पर्यटकहरुको संख्या १४.२६ प्रतिशत अथवा चार हजार ८९७ जनाले बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार २०७४ साउन देखि २०७५ असारसम्म म्याग्दी […]

लुलाङ र गुर्जाको सीमाना देउराली डाँडामा बाख्रापालन (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन १७ गते । बाख्राको स्यार गर्दै नरदेवी विक । तस्विर ठाकुरप्रसाद आचार्य  केही वर्ष अघि लुलाङकी नरदेवी विकलाई घरखर्च चलाउन र बालबच्चाको पालनपोषण गर्न कठिन थियो । दुइछाक टार्न पनि छिमेकीको घरमा मजदुरी गर्नुपर्ने बाध्याता थियो नरदेवीलाई । धौलागिरि गाउँपालिका २ लुलाङ र १ गुर्जाको सिमानामा पर्ने देउराली डाँडामा पाँच वर्ष […]

बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीय तहको केन्द्रमा बुधबार एकैसाथ शाखाको स्थापना गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखा विस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा ३० लाखको व्यवसायिक हितकोष स्थापना

विकल्प न्यूज /बेनी म्याग्दी ९ साउन ।   म्याग्दी उद्योग वाणिज्य संघले अप्ठ्यारो, आपत, विपद्मा परेका व्यवसायीलाई सघाउने उद्देश्यले हितकोष स्थापना गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा मंगलबार बेनी स्थित कार्यालयमा बसेको बैठकले हितकोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यबिधी पारीत गरेको हो । तिस लाख रुपैयाँको कोष स्थापना गर्ने लक्ष्य रहेको संघका महासचिव लिलाराम […]

व्यवसाय विस्तारले गरिमाको खुद नाफा २८ प्रतिशतले बढ्यो

विकल्प न्यूज/काठमाण्डौं साउन ८ गते । गरिमा विकास बैंक(GBBL)को खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २७.७९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३४ करोड २६ लाख खुद नाफा आर्जन गरेको बैंकले गत अावमा ४३ करोड ७८ लाख नघाएको हो । समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ४६ तथा कर्जा परिचालन ४५ प्रतिशतले बढाएको छ । अघिल्लो […]

सिकाई केन्द्रका परिचालकलाई क्षमता विकास तालिम

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असार २९ ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको आयोजनामा सामुदायिक सिकाई केन्द्र परिचालकहरुका लागि क्षमता विकाससम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन, सुदृढीकरण र सशक्तिकरण गर्ने उद्देश्यले केन्द्रका परिचालकहरुलाई बेनीमा तालिम प्रदान गरिएको हो । तालिम समापत्र सत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले […]

मल्लाजका कृषकलाई बाख्रा वितरण

साधन राम्जाली/विकल्प न्यूज मल्लाज २३ असार । पर्वतको जलजला गाउपालिका २ ओखरबोट र ४ फड्केढुङ्गाका कृषकहरुलाई निशूल्क बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बाख्रापालनप्रति आकर्षित गराई, उनिहरुको आयआर्जन सुधार र मासुमा आत्मनिर्भर बनाउनका लागि बिस जना कृषकहरुलाई एक, एक वटाका दरले खरी जातका बाख्रा वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ । बाख्रा […]

घलेम्दीको आईपीओ खुल्यो

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी २३ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले आईपीओ (साधारण सेयर) खुल्ला गरेको छ । प्रवद्र्धक घलेम्दी हाईड्रो लिमिटेडले आयोजना प्रभावीत अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख पचास हजार कित्ता साधारण सेयर खुल्ला गरेको हो । शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ […]

थामकोटमा भ्यु टावर निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु टावर निर्माण […]

खाडीबाट फर्कीएका युवा दोवाको जंगलमा बाख्रा चराउँदै

सन्तोष गौतम/विकल्प न्यूज दोवा,असार ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा विदेशबाट फर्कीएका युवाहरुले व्यवसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दा समेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्कीएका युवाहरुले जिविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् । दश वर्ष साउदीमा काम गरेर घर फर्कीएर गत वर्षदेखि बाख्रापालन सुरु गरेका दोवाका बिरेन्द्र गर्बुजा विदेशमा […]

दरवाङ र पश्चिम म्याग्दी एकिकरणको प्रस्ताव पारित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सञ्चालीत दरवाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न छुट्टा÷छट्टै साधारण सभाबाट एकिकरणको प्रस्ताव पारित भएको छ । समान उद्देश्य र कार्यक्षेत्र भएका सहकारी संस्थाको एकिकरण गरी सर्वसुलभ तथा सहज रुपमा सेवा उपलब्ध गराउने निष्कर्ष सहित आर्थिक कारोबारका हिसावले पश्चिम म्याग्दीका दुई […]

विदेशबाट फर्किएका युवाको कुखुरापालनबाट रहर लाग्दो आम्दानी(भिडियोसहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज म्याग्दी,जेठ १६ गते ।  एकदशक सम्म विदेशीमा श्रम र पसिना बगाउनुभएका यहाँका एक युवाले स्वदेश फर्किएर कुखुरापालन व्यवसायबाट रहर लाग्दो आम्दानी गर्नुभएको छ । बेनी नगरपालिका ६ कुरिलाखर्कका युवा सुरेश ढुङ्गना विदेशको आकर्षक जागिर छाडेर गाउँमै व्यवसायिक रुपमा कुखुरापालन व्यवसायको थालनी गर्नुभएको हो । ढुङ्गनाले ३० लाख रुपियाँ खर्चीएर आफ्नै जग्गामा […]

अन्नपूर्णमा उद्योग वाणिज्य संघको ईकाई

धिरन खत्री /विकल्प न्यूज पोखरेबगर ८ जेठ । म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तहमा संस्थाको संरचना विस्तारलाई तिब्रता दिएको । यसअघि मालीका गाउँपालिकाको दरवाङ र मंगला गाउँपालिकाको बाबियाचौरमा सञ्जाल विस्तार गरेको संघले सोमबार अन्नपूर्ण गाउँपालीका स्तरीय संघको ईकाई गठन गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको सो क्षेत्रका उद्योगी व्यवसायीहरुको भेलाले दशरथकुमार कर्माचार्यको अध्यक्षतामा सुनिता […]