समाचार
अन्तराष्ट्रिय पर्वत समाजमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/जलजला असोज २८ गते । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट अध्यक्ष लगायत सवै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन भएका हुन । […]
सहमतिबाट मोनामा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी असोज २८ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा वस्नुहुने खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । […]
म्याग्दी प्रवासी संघ(मोना)ंको अध्यक्षमा दधिवल खड्का निर्वाचित

विकल्प न्यूज/बेनी असोज २७ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी पाँचौं महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अन्य पदहरुमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको […]
जलजलाको माझफाँटमा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी असोज २७ गते । विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि संसारभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो महाअधिवेशन जलजला गाउँपालिका ३ मल्लाज माझफाँटमा शनिबार देखि सुरु भएको छ । महाशिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । महाधिवेशन उद्घाटन पूर्व जलजलाका स्थानीयवासीहरुले पहिचान झल्कीने झाँकी सहितको ¥याली निकालेका छन् […]
जलजलाका आचार्यलाई विद्यावारिधि

विकल्प न्यूज/बेनी असोज २७ गते । संस्कृत व्याकरणका विशिष्ट अध्येता एवं विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको व्याकरण विभागमा प्राध्यापनकार्यमा संलग्न उपप्रा. भानुभक्त आचार्यलाई नेपाल संस्कृत विश्वविद्यालयले सिद्धान्तकौमुदी श्लोक सिद्धान्तकौमुद्योस्समीक्षणात्मकानुशीलनम् शीर्षकका लागि विद्यावारिधि (P.H.D.) उपाधि प्रदान गरेको छ । सिद्धान्तकौमुदी भट्टोजिदीक्षितद्वारा विरचित प्रौढ एवं असाधारण ग्रन्थ हो भने श्लोकसिद्धान्तकौमुदी सिद्धान्तकौमुदीलाई विभिन्न शास्त्रीय छन्दमा संस्कार गरी नेपाली विद्वानबाट […]
अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशनमा आएका पाहुनालाई माझफाँटमा भव्य स्वागत (भिडियो\फोटो)

विकल्प न्यूज/जलजला असोज २६ गते । शनिबार देखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनमा भाग लिन आएका समाजका पदाधिकारी,सदस्य लगायत पाहुनाहरुलाई जलजला गाउँपालिकाका माझफाँटवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । स्थानीय आमा समुह,जनप्रतिनिधि र सर्वसाधरणहरुले मल्लाजको दरबारमा नौमती बाजा सहित भव्य रुपमा स्वागत गरेका हुन । अधिवेशनमा भाग लिन विहिवार साँझ उनीहरु माझफाँटमा आइपुगेका […]
‘मलाई मोना अध्यक्ष बनाउँनुस, जिल्लामा एउटा उद्योग भित्राउँछु’ ः दधिवल खड्का

विकल्प न्यूज/बेनी असोज २५ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको भोली असोज २६ गतेदेखी सुरु हुने पा“चौं महाधिवेशनमा अध्यक्ष पदका दावेदार ददीवल खड्काले गफ हैन, काम गर्न र कम्तीमा एउटा उद्योग जिल्लामा स्थापना गर्न मोना अध्यक्ष बन्न चाहेको दावी गरेका छन । अन्नपूर्ण गाउपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी […]
अन्नपूर्ण र बेनीलाई प्रथम मोना कपको उपाधि

ठाकुरप्रसाद आचार्य/बेनी म्याग्दी,असोज २५ गते । म्याग्दीको बेनीमा संचालन भएको प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फ अन्नपूर्ण गाउँपालिका र पुरुष तर्फ बेनी नगरपालिकाले उपाधि हात पारेका छन् । बेनीको खुल्ला मञ्चमा विहिवार सम्पन्न भएको फाईनल खेलमा महिला तर्फ मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्णले उपाधि […]
माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको तयारी तिव्र

विकल्प न्यूज/बेनी असोज २५ गते । पेसा,व्यवसाय र रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो आधिवेशनको तयारी अन्तिमचरणमा पुगेको छ । अधिवेशन असोज २७ गते जलजला गाउँपालिका ३ मल्लाज पर्वतमा हुने भएको हो । अधिवेशनलाई सफल बनाउन विभिन्न समितिहरु गठन गरी तयारी तिव्र पारिएको छ । बुधवार अन्तराष्ट्रिय पर्वत समाजका […]
मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिमचरणमा

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको शुक्रबारदेखि बेनीमा सुरु हुने पाँचौ महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिमचरणमा पुगेको जानकारी गराउनुभएको हो । असोज २६ गते (शुक्रबार) बेनीको खुल्लामञ्चमा आयोजना […]
मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु

विकल्प न्यूज/बेनी असोज २४ गते । हिमालपारी मुस्ताङमा एक सातायता लेक लागेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा युक्रेनी नागरिक ३५ वर्षीया आन्ना पानिना र भारतीय नागरिक ६६ वर्षीय सत्यनारायण र ६५ वर्षीय रेवती रहेका छन्। लेक लागेर ज्यान गुमाएकी युक्रेनी नागरिक आन्ना असोज १९ गते कागबेनीदेखि हिँडेर मुक्तिनाथतर्फ गइरहेकी थिइन्। […]
बेनीमा प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,असोज २४ गते । बेनीमा बुधवार देखि प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आयोजनामा बेनीको खुल्ला मञ्चमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो । संसारभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अधिवेशनको अवसरमा प्रथम […]
बजार झर्नथाले मुस्ताङी च्याङ्ग्रा

विकल्प न्यूज/बेनी असोज २४ गते । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी […]
सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी नदी माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६ लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लका अनुुसार, […]
‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

बेनी (म्याग्दी) म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुढा बुन्न थाल्नुभएको छ । विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो । सुवेदी मात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा […]