ताजा समाचार:
Search

समाचार

कालीगण्डकी – म्याग्दी नदी सरसफाई अभियान तेस्रो हप्ता (फोटोसहित)

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २५ गते । वास पत्रकार मञ्च म्याग्दीले शुरु गरेको कालीगण्डकी–म्याग्दी नदी बृहत सरसफाई अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शनिबार निर्माण व्यवसायी संघको हलदेखि खुलामञ्चसम्म सरसफाई गरिएको हो । सरसफाइको क्रममा नदी किनारमा फ्याँकिएका फाहोर बस्तु, कागजका टुक्रा, बोतललगायतका फाहोरजन्य वस्तुहरु सङ्कलन गरी जलाइएको […]

बेनी नगरपालीकाको तेस्रो स्थापना दिवस

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २५ वैशाख । म्याग्दीको बेनी नगरपालीकाको शनिबार बिबिध कार्यक्रम गरेर तेस्रो स्थापना दिवस मनाइएको छ । नगरपालीका कार्यालयको आयोजनामा बेनीमा ¥याली र अन्तरक्रिया कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो । स्थापना दिवसकै अवसर पारेर नगरपालीकाले नगर सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । जिविस सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ग्रामिण बस्तीमा […]

प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा रक्तदान र सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ बैशाख । रक्तदान र सरसफाई कार्यक्रम सहित शनिबार म्याग्दीमा प्रथम राष्ट्रिय पत्रकारीता दिवसको समापन गरिएको छ । पत्रकारीता दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा रक्तदानको साथै थकाली सेवा समीतीको भवन देखि म्याग्दी र कालीगण्डकी दोभानसम्म नदी किनारमा सरसफाई गरिएको हो । बिहीबार कर्मचारी र पत्रकारहरुबीच मैत्रीपूर्ण […]

जापानीज ईन्सेफलाईटीस खोप लगाउन निमन्त्रणा पत्र बितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ बैशाख । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गर्ने खोप अभियानमा सर्वसाधारणलाई सहभागिताका लागि निमन्त्रणा पत्र पठाउन थालेको छ । यसअघि मौखीक, सञ्चार माध्यम र कटुवाल माफर्त खोप अभियानको सन्देश प्रवाह गर्दै आएको स्वास्थ्य कार्यालयले यस वर्षदेखि लिखित पत्र पठाएर निमन्त्रणा गर्न थालेको हो । मौखिक र सञ्चार माध्यमका अलावा खोप […]

पत्रकारिता दिवस ः आचार संहिताको पालना गर्न पत्रकारहरुलाई सुझाव

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ बैशाख । म्याग्दीका सरोकारवालाहरुले पत्रकार तथा सञ्चारकर्मीलाई आचार संहिताको ब्यवहारीक पालना गर्न सुझाव दिएका छन् । प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि सरकारी अधिकारी, राजनीतिकर्मी, नागरिक समाज, निजी र गैरसरकारी क्षेत्रका अगुवाहरुले आचार संहिताको पालनाप्रती सचेत रहन आग्रह गरेका हुन् । प्रमुख जिल्ला अधिकारी केशवराज […]

अाधा रातमा एमाले र एमाओवादीवीच ९ बुँदे सहमति(पूर्ण विवरण)

बैशाख २४ गते । काठमाण्डौ । सत्ता साझेदार दल एमाले र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे एमाले उपाध्यक्ष भीम रावलले वाचन गरेर सुनाए । दुई दलवीच भएको ९ बुँदे सहमति यस्तो छ सरकारमा सहभागी […]

भारतबाट फर्केका महरालाई चीनको चीसोपानी !

२३ वैशाख, काठमाडाैं। बुधबार बिहानै एमाओवादी महासचिव कृष्णबहादुर महरा आफ्नो पार्टीका नेतालाई भनिरहेका थिए, प्रचण्डलाई कुनै पनि हालतमा ओलीसँग पग्लन दिन्न र नयाँ सरकार गठनको अभियान रोकिने छैन । तर, यसो भनिरहेका महरालाई त्यसैबेला चिनियाँ दूतावासका कूटनीतिक अधिकारीहरुले भेटेपछि प्रचण्डभन्दा पहिले महरा आफैं पग्लेर पानीजस्तै भए । अघिल्लो साता भारत भ्रमण गरेर फर्किएपछि एमाओवादी नेता […]

सहकारीको स्थापना दिवसमा विद्यालयलाई शौक्षिक सामाग्री

विकल्प न्यूज /बेनी पर्वत २३ बैशाख । पर्वतको मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाले श्री फर्से धाईरीङ माविलाई बिहीबार शैक्षिक सामाग्री सहयोग गरेको छ । संस्थाले आठौ स्थापना दिवसको अवसर पारेर विद्यालयलाई पचास हजार रुपैया मूल्य बराबरको वायरलेस, मोवाईलबाट पनि प्रयोग गर्न सकिने प्रबिधि जडित एक थान प्रोजेक्टर सहयोग गरेको हो । विद्यालय व्यवस्थापन समितिका […]

भसभसेको पहिरो र नदी कटान नियन्त्रण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ बैशाख । सदरमुकामसंगै रहेको बेनी नगरपालीका ४ मा रहेको भसभसेको पहिरो र नदी कटान रोकथामका यस वर्ष करिब चार लाख रुपैयाँ लागतको योजना सञ्चालन भएको छ । बेनी नगरपालीका कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा खबराका बासिन्दाहरुको सक्रियतामा पहिरो र नदी कटान नियन्त्रणका लागि तटबन्ध योजना सञ्चालन गरिएको हो । नगरपालीकाको […]

लोमान्थाङको तिजी पर्व अवलोकन गर्न बिदेशी पर्यटक आउन थाले

सन्तोष गौतम/विकल्प न्यूज मुस्ताङ २३ बैशाख । उपल्लो मुस्ताङको लोमान्थाङमा मनाइने तिजी पर्वको अवलोकनका लागि विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । लोमान्थाङ दरबार परिसरमा हरेक वर्षको बैशाख २१ देखि २३ गतेसम्म मनाइने तिजी पर्व त्यहाँ पर्यटक भित्र्याउने गतिलो माध्यम बनेको हो । उपल्लो मुस्ताङको सांस्कृतीक मौलीकता झल्कने तिजी पर्वको अवलोकनका लागि नेपालका सहरी क्षेत्र […]

पत्रकार र कर्मचारीको मैत्रीपूर्ण फुटवल खेल बराबरीमा सकियो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ वैशाख । म्याग्दीमा बिहीबारदेखि प्रथम राष्ट्रिय पत्रकारीता दिवस मनाउन सुरु गरिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर बैशाख २५ गतेसम्म दिवस मनाउने योजना अनुसार पहिलो दिन पत्रकार र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । साठी मिनेटको खेलमा दुवै तर्फबाट दुईदुई गोल भई बराबरीमा सकिएको थियो । पत्रकारिता दिवस मुल […]

भारतिय इसारामा सरकार परिवर्तनको खेल सुरु, भारतीय एजेन्डामा कांग्रेस लतारिनु देशकै दुर्भाग्य

चिरञ्जीवी पौडेल छ महिनादेखि प्रतिपक्षमा रहेको पार्टी नेपाली कांग्रेसले सरकार परिवर्तनको आगो फुकेको छ । दाउरा काँचै भए पनि छिमेकी भारतले मट्टीतेल खन्याइदिएकाले धुवाँ उड्न थालिसकेको छ । मट्टीतेलको गन्धले एमाओवादी एकाएक सक्सकाएको छ भने प्रचण्डले एउटा खुट्टा उचालेका छन् । शेरबहादुर देउवा कांग्रेस सभापति भएपछि सरकार परिवर्तनको बेमौसमी सुस्केरा चल्न थालेको थियो । देशभित्रकै […]

एमाओवादीको बटमलाइनः सहमतीय भए प्रचण्ड, बहुमतीय भए शेरबहादुर

२२ वैशाख, काठमाडौं । सत्ता साझेदार दल एमाओवादीले केपी ओलीको विकल्प खोज्ने औपचारिक निर्णय गरे पनि अब बन्ने बहुमतीय सरकारको नेतृत्व गर्न प्रचण्ड इच्छुक देखिएका छैनन् । नयाँ सरकारबारे एमाओवादीका एक नेताले भने- ‘राष्ट्रिय सहमतिको सरकार बन्ने भयो भने प्रचण्डको नेतृत्वमा बन्छ, तर एमाले सहमतिमा आएन र फेरि पनि बहुमतीय सरकार नै बन्ने अवस्था आएमा […]

गैससको काम ः धारो माग्दा गाग्री दिएर चर्चामा आउने

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २२ गते । गैरसरकारी संस्था महासंघ नेपालको सहयोग र जिल्ला शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा जिल्लास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । गैससप्रतिको धारणामा परिवर्तन ल्याउने उद्देश्यले सरोकारवाला निकायहरुबीच अभिमुखीकरण गरिएको हो । नेपालमा गैससहरुको जवाफदेहिता र सुशासनमा सबलीकरण कार्यक्रमअन्तर्गत गैसस क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिता इस्तानबुल सिद्धान्त तथा आधारभूत कार्यसञ्चालन […]

प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको निर्णय

२२ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेको छ । उसले एमाले, कांग्रेस, राप्रपा नेपाल लगायत सबै दललाई एमाओवादी नेतृत्वमा गठन हुने सहमतिको सरकारमा सहभागी हुन अपीलसमेत गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बिहानै बसेको एमाओवादी पदाधिकारीको बैठकले प्रचण्डको नेतृत्वमा सरकार बनाउने  र यसका लागि […]