ताजा समाचार:
Search

भारतबाट फर्केका महरालाई चीनको चीसोपानी !

२३ वैशाख, काठमाडाैं।

बुधबार बिहानै एमाओवादी महासचिव कृष्णबहादुर महरा आफ्नो पार्टीका नेतालाई भनिरहेका थिए, प्रचण्डलाई कुनै पनि हालतमा ओलीसँग पग्लन दिन्न र नयाँ सरकार गठनको अभियान रोकिने छैन । तर, यसो भनिरहेका महरालाई त्यसैबेला चिनियाँ दूतावासका कूटनीतिक अधिकारीहरुले भेटेपछि प्रचण्डभन्दा पहिले महरा आफैं पग्लेर पानीजस्तै भए ।mahara

अघिल्लो साता भारत भ्रमण गरेर फर्किएपछि एमाओवादी नेता महरा केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रियतापूर्वक लागेका थिए । ओली सरकारले आफूलाई जेल पठाउन खोजेको आरोप महराले लगाएका थिए ।

विगतमा चिनियाँसँग पैसा मागेको टेलिफोन प्रकरण र लडाकूको पैसामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले गरेको खबरदारीबाट डराएका महराले सम्भवतः यही डरले ‘जेल’को कुरा गरेका थिए ।

तर, सरकार परिवर्तनको चर्को कुरा गर्ने महरालाई चिनियाँ अधिकारीले भेटेर कडा कुरा राखेपछि उनी एकाएक ओली सरकारको विकल्प नखोज्ने लाइनमा यु टर्न भएका छन् । चर्को कुरा गर्ने महरा नै फेरिएपछि प्रचण्डलाई पनि निर्णय लिन सजिलो भयो ।

केपी ओलीको सरकार भारतीय डिजाइन अनुसार ढाल्न लागिएको र हालै सरकारले चीनसित गरेका सहमति एवं सम्झौताहरु तुहाउन लागिएको भन्दै चीनले एमाओवादीको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

प्रचण्ड वा देउवाको नेतृत्वमा सरकार बनेपछि भारतसँग सम्बन्ध बढ्ने र हालै चीनसँग भएका सम्झौता रद्दीको टोकरीमा फालिने भन्दै चीनले वामपन्थीहरुको एकता टिकाइराख्न प्रचण्डलाई समेत दबाव दिएको बुझिएको छ ।

काठमाडौंमा रहेका चिनियाँ राजदूतले पनि सरकार परिवर्तनको खेललाई साम्य पार्न सक्रिय भूमिका खेलेको स्रोतले बतायो ।सरकार ढाल्ने खेललाई निस्तेज पार्न चीनले खेलेको भूमिकाबारे चर्चा गर्दै स्रोतले भन्यो- ‘भारतको चलखेल बढेको देखेपछि चीन पनि चूप लागेन र उसले एमाओवादीलाई सम्झायो, जसले गर्दा दिल्लीको डिजाइन असफल भयो ।’ onlinekhabar