ताजा समाचार:
Search

लोमान्थाङको तिजी पर्व अवलोकन गर्न बिदेशी पर्यटक आउन थाले

सन्तोष गौतम/विकल्प न्यूज
मुस्ताङ २३ बैशाख ।
उपल्लो मुस्ताङको लोमान्थाङमा मनाइने तिजी पर्वको अवलोकनका लागि विदेशी पर्यटकहरु पनि आउन थालेका छन् ।

लोमान्थाङ दरबार परिसरमा हरेक वर्षको बैशाख २१ देखि २३ गतेसम्म मनाइने तिजी पर्व त्यहाँ पर्यटक भित्र्याउने गतिलो माध्यम बनेको हो । उपल्लो मुस्ताङको सांस्कृतीक मौलीकता झल्कने तिजी पर्वको अवलोकनका लागि नेपालका सहरी क्षेत्र र विश्वका विभिन्न ठाउँका नागरीकहरु लोमान्थाङ पुग्न थालेका हुन् ।Tiji Festival ko photo

तिजी पर्वमा स्थानीय बासिन्दाले गर्ने वुौद्ध धर्म अनुसारको धार्मीक गतिबिधि, परम्परागत भेषभुषामा सजिएर गरिने मौलीक गित तथा नृत्यको प्रस्तुती माटोको सहर, उच्च स्थानमा फरक भौगोलिक बनावट भएको लोमान्थाङको सांस्कृतीक बिशेषता बनेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ, छुसाङ, चराङ, सुर्खाङ, छोन्हुप र घमी गाविसका बासिन्दाले आपसी स्नेह साटासाटसंगै विश्वशान्ति र प्राकृतिक विपत्त नहोस भन्ने कामना गर्दै १५ औ शताब्दीदेखि तिजी पर्व मनाउदै आएका छन् ।

पहिले स्थानीय बासिन्दा मात्रै भेला भएर मनाउने तिजी पर्वको महत्व तथा सांस्कृतीक र धार्मीक गतिबिधिको प्रचारप्रसारसंगै पर्वको समयमा पछिल्लो वर्षहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको लोमान्थाङका लामा नवाङकुङ्गाले बताउनुभयो ।

गत वर्ष २८ जना बिदेशी पर्यटक तिजी पर्व अवलोकनका लागि आएकोमा यस वर्ष २४९ जना आएका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) लोमान्थाङले जनाएको छ । यो याममा उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुका लागि तिजी पर्व प्रमुख आकर्षण बनेको एक्याप लोमान्थाङका प्रमुख तुलसी दाहालले बताउनुभयो ।