सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ बैशाख ।
सदरमुकामसंगै रहेको बेनी नगरपालीका ४ मा रहेको भसभसेको पहिरो र नदी कटान रोकथामका यस वर्ष करिब चार लाख रुपैयाँ लागतको योजना सञ्चालन भएको छ ।
बेनी नगरपालीका कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा खबराका बासिन्दाहरुको सक्रियतामा पहिरो र नदी कटान नियन्त्रणका लागि तटबन्ध योजना सञ्चालन गरिएको हो ।
नगरपालीकाको तिन लाख र स्थानीय बासिन्दाको सत्तरी हजार रुपैयाँ लगानीमा नदी किनारमा ३५ मिटर तटबन्ध गरिएको उपभोक्ता समितिका सचिव कमल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी नदीको बिचमा रहेको ठूला ढुंगाहरुलाई डोजरको सहायताले किनारमा तानेर धार परिवर्तन र पहिरो नियन्त्रण गरिएको हो ।
यसअघि बर्षेनी किनारमा तारजाली ग्याभिन भरेर कटान र पहिरो रोकथामको प्रयास गरेपनि सफल हुन सकेको थियो । अघिल्लो वर्ष नदी किनारमा ठूला ढुंगा राखेर त्यसैमाथी ग्याभिन पर्खाल लगाएपछि कटान र पहिरो रोकीएपछि यस वर्ष पनि त्यसै गरिएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर खड्काले बताउनुभयो ।