ताजा समाचार:
Search

गैससको काम ः धारो माग्दा गाग्री दिएर चर्चामा आउने

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख २२ गते ।
गैरसरकारी संस्था महासंघ नेपालको सहयोग र जिल्ला शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा जिल्लास्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । गैससप्रतिको धारणामा परिवर्तन ल्याउने उद्देश्यले सरोकारवाला निकायहरुबीच अभिमुखीकरण गरिएको हो । IMG_0001
नेपालमा गैससहरुको जवाफदेहिता र सुशासनमा सबलीकरण कार्यक्रमअन्तर्गत गैसस क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिता इस्तानबुल सिद्धान्त तथा आधारभूत कार्यसञ्चालन निर्देशिकाको बारेमा जानकारी दिन कार्यक्रम गरिएको गैसस म्याग्दी शाखाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले प्रयाजासो गैससहरुको काम नागरिकले धारो माग्दा गाग्री दिएर चार्चामा आउने गरेको बताए । उनले गैससहरु विकासको साझेदारी निकाय भएकाले नागरिकप्रति उत्त्तरदायि भएर काम गर्नुपर्नेमा जोड दिए । IMG_0003
उनले सबै गैरसरकारी संघसंस्थाहरुलाई आचारसंहिता र मार्गदर्शनको विषयमा सिकाउनुपर्ने बताए । उनले ऐननियम, कानुन र आचारसंहिताको पूर्णरुपमा पालना गरी विकासका काम गर्नुपर्ने बताउँदै एनजिओका कामको प्रकृतिमा आमूल परिवर्तन आउनुपर्नेमा जोड दिएका छन् ।
सोही कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले गैसस संघसंस्थाहरु पारदर्शी रुपमा सञ्चालित हुनुपर्ने बताए । उनले गैससको आधारभूत सिद्धान्त र उद्देश्यहरु ग्रामीण भेगका सबैलाई बुझाउनुपर्ने भन्दै आचारसंहिताको अत्यधिक उपयोग गरी काम गर्न र आन्तरिक पारदर्शीलाई ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य दिवाकुमारी पुन र क्षेत्रीय सदस्य मणिभद्र शर्माले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमाल र नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
गैरसरकारी संस्था महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, सचिव जुना गर्बुजाको स्वागत र सदस्य सागर सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित राजनैतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारलगायतको सहभागीता रहेको थियो ।


1 thoughts on “गैससको काम ः धारो माग्दा गाग्री दिएर चर्चामा आउने

Comments are closed.