विकल्प न्यूज /बेनी
पर्वत २३ बैशाख ।
पर्वतको मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाले श्री फर्से धाईरीङ माविलाई बिहीबार शैक्षिक सामाग्री सहयोग गरेको छ ।
संस्थाले आठौ स्थापना दिवसको अवसर पारेर विद्यालयलाई पचास हजार रुपैया मूल्य बराबरको वायरलेस, मोवाईलबाट पनि प्रयोग गर्न सकिने प्रबिधि जडित एक थान प्रोजेक्टर सहयोग गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्यको अध्यक्षता, सहकारीको सचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालन र प्रबन्धक ओमप्रसाद शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पर्वतका जिशिअ रमेशराज पौडेल मार्फत विद्यालयलाई प्रोजेक्टर उपलब्ध गराइएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष यज्ञनाथ लामिछाने, विद्यालयका प्रअ मुकुन्द आचार्य, ऋण उपसमिति सदस्य रुद्रलाल उपाध्याय र सेयर सदस्य नारायणप्रसाद आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो । कृष्णगंगा सहकारी संस्थाले बचत, ऋण लगानी, रेमिट्यान्स भुक्तानी जस्ता वित्तिय सुबिधाका अतिरित्त विभिन्न सामाजिक क्रियाकलापमा पनि सहयोग गर्दै आएको प्रबन्धक शर्माले बताउनुभयो ।
1 thoughts on “सहकारीको स्थापना दिवसमा विद्यालयलाई शौक्षिक सामाग्री”