ताजा समाचार:
Search

प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा रक्तदान र सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ बैशाख ।
रक्तदान र सरसफाई कार्यक्रम सहित शनिबार म्याग्दीमा प्रथम राष्ट्रिय पत्रकारीता दिवसको समापन गरिएको छ ।

पत्रकारीता दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा रक्तदानको साथै थकाली सेवा समीतीको भवन देखि म्याग्दी र कालीगण्डकी दोभानसम्म नदी किनारमा सरसफाई गरिएको हो ।DSC01127

बिहीबार कर्मचारी र पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेर सुरु भएको पत्रकारीता दिवसको कार्यक्रम शनिबार समापन गरिएको छ । शुक्रबार बेनी बजारमा प्रभातफेरी र जिविस सभाहलमा अन्तरक्रिया गरिएको थियो ।

रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्र र जिल्ला अस्पतालको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदाताहरुलाई म्याग्दी उद्योग वाणिज्य संघले फलफुल र जुसको व्यवस्था गरेको थियो ।

यसैगरी वास पत्रकार मञ्चले सञ्चालन गरेको साप्ताहीक म्याग्दी काली सरसफाई अभियान अन्तरगत गरिएको नदी सरसफाई कार्यक्रममा ईन्द्रबक्स गण, जिल्ला प्रहरी कार्यालय र बेनी बजारका बासिन्दाहरुको सहभागितामा कालिगण्डकी सरसफाई गरिएको थियो ।