सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, २५ वैशाख ।
म्याग्दीको बेनी नगरपालीकाको शनिबार बिबिध कार्यक्रम गरेर तेस्रो स्थापना दिवस मनाइएको छ । नगरपालीका कार्यालयको आयोजनामा बेनीमा ¥याली र अन्तरक्रिया कार्यक्रम गरेर स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसकै अवसर पारेर नगरपालीकाले नगर सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । जिविस सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ग्रामिण बस्तीमा नगरपालीकाको कानुन कार्यान्वयन भएपनि सहज रुपमा सो नगरबासीको हैसियतमा सुबिधा नपाउनु, फोहोर ब्यवस्थापन र विकास गतिबिधि बेनी केन्द्रित हुनु चुनौतीको रुपमा औल्याएका छन् ।
कार्यकारी अधिकृत छविलाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले नगरपालिका क्षेत्रमा दिर्घकालिन फोहोर व्यवस्थापनको लागि ल्याण्डफिल्ड साईटको आबश्यकता रहेको बताउनुभयो ।
उहाँले शहर र ग्रामिण भेगबिचको भिन्नतालाई कम गर्न ग्रामीण भेगमा विकास निर्माणका पूर्वाधार पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले नगरपालिकाले समेटिएको अधिकाँश भुभाग ग्रामिण भेग रहेकाले विकास निर्माणलाई त्यसतर्फ केन्द्रित गर्नु सुझाव दिनुभयो ।
म्याग्दीका सबै राजनितीक दलको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विक, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्य, बेनपा–१४ का वडा नागरिक मञ्चका संयोजक डम्मरबहादुर शाही लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला स्थित राजनितीक दल, सरकारी तथा गैर सकारी कार्यालय, संघ संस्था लगायत नगरबासीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अबसरमा बेनीमा प्रभातफेरी समेत गरिएको थियो । उक्त अबसरमा नगरपालिकाले नगरक्षेत्रको सुचनालाई व्यवस्थित गर्नको लागि सञ्चालन गरेको नगर सुचना केन्द्रको स्थानीय विकास अधिकारी पौडेलले उद्घाटन गर्नुभएको थियो । नगरपालिकाका ईन्जिनियर बिमल रञ्जन केसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन श्रीधर टण्डनले गर्नुभएको थियो ।