ताजा समाचार:
Search

जापानीज ईन्सेफलाईटीस खोप लगाउन निमन्त्रणा पत्र बितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ बैशाख ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गर्ने खोप अभियानमा सर्वसाधारणलाई सहभागिताका लागि निमन्त्रणा पत्र पठाउन थालेको छ ।

यसअघि मौखीक, सञ्चार माध्यम र कटुवाल माफर्त खोप अभियानको सन्देश प्रवाह गर्दै आएको स्वास्थ्य कार्यालयले यस वर्षदेखि लिखित पत्र पठाएर निमन्त्रणा गर्न थालेको हो । मौखिक र सञ्चार माध्यमका अलावा खोप लगाउने मिति, स्थान र समय उल्लेख गरेर घरघरमा निमन्त्रण कार्ड पठाउँदा सर्वसाधारणले निर्बीसने भएकाले यस्तो प्रचार बिधी अपनाइएको जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि दादुरा रुवेला र हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियानमा प्रयोग गरिएको पत्र मार्फत निमन्त्रण गर्ने बिधि प्रभावकारी बनेपछि बैशाख २६ गते आईतबारदेखि सुरु हुन लागेको जापानीज ईन्सेफलाईटिस रोग विरुद्धको खोप लगाउने अभियानमा पनि प्रयोग गरिएको छ ।DSC01093

बैशाख २६ देखि जेठ ३ गतेसम्म बेनी नगरपालीका र २८ देखि ५ गतेसम्म गाविसमा सञ्चालन हुने जेई खोप अभियानमा एक देखि १५ वर्ष उमेर समूहका बालबालीकालाई सहभागि गराउन अनुरोध गर्दै महिला स्वास्थ्य स्वमसेवीका मार्फत घरघरमा निमन्त्रणा पत्र पठाउने काम भैरहेको खोप अधिकृत गंगाधर पण्डीतले बताउनुभयो ।
जिल्लाका ३१ ह्जार ३४६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको अभियानका लागि स्वास्थ्यकर्मीलाई तालीम दिएर खोप ढुवानी गर्ने काम भैरहेको पण्डीतले जानकारी दिनुभयो । प्रत्येक वडामा रहने खोप केन्द्रमा तालीमप्राप्त दक्ष स्वास्थ्यकर्मीले खोप लगाउने व्यवस्था मिलाइएको शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।

क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्ने जापानीज ईन्सेफलाईटीस रोग म्याग्दीमा पनि देखिएकाले यस वर्ष पहिलो पटक अभियान मार्फत खोप लगाउने र आगामी आर्थिक वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गर्न लागिएको खोप अधिकृत पण्डीतले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षता, खोप अधिकृत पण्डीतको सञ्चालन र जनस्वास्थ्य अधिकृत चौधरीको स्वागत मन्तब्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।