समाचार

डडुवामा लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

सन्तोष गौतम/ विकल्प न्यूज बेनी १० ।   बेनी नगरपालिका ५ डडुवामा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सोलारको सहायताले बस्ती देखि तल रहेको मुहानबाट रिजर्भ टंकीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै आयोजना सञ्चालन गर्ने तयारी भएको उपभोक्ता […]

पाखापानीको औल गाउँमा सडक पुग्यो

सन्तोष गौतम /विकल्प न्यूज बेनी १० पुष । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको औला गाउँ सडक सञ्जालसंग जोडिएको छ ।  बेनी–पाखापानी सडकको फुलडाँडा देखि औला गाउँ जोड्ने करिब साढे दुई किलोमिटर सडक निर्माण भएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीको निजी लगानीमा उक्त गाउँमा सडक पु¥याइएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । स्थानीय तह […]

प्रदेश ४ को मुख्यमन्त्री मै हुँः किरण गुरुङ

१० पुस, पोखरा । तनहुँ क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू हुने दाबी गरेका छन् । तमु जातिको ल्होछार/ल्होसार पर्वको अवसरमा सोमबार पोखरामा नौ पूजा म्हृिकी कोन्मे (बांगे) पोखराको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर ४ को पहिलो मख्यमन्त्री आफू नै भएको दाबी गरेका हुन् […]

जनप्रतिनिधिको कार्यशैलीले संघीयता नै धरापमा

निरु अर्याल /काठमाण्डौं पुस १० गते । संघीयता कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी बोकेको स्थानीय विकास मन्त्रालयले संघीयता धरापमा पर्ने चेतावनी दिएको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिको कामप्रति चरम असन्तुष्टि जनाउँदै उनीहरूमा पूरै भर परे संघीयता नै धरापमा पर्ने चेतावनी दिएको हो । मन्त्रालयले आइतबार स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरी, राष्ट्रिय योजना आयोगका […]

सुनचाँदी व्यवसायी संघ महिला समुहद्धारा न्यानो कपडा वितरण

विकल्प न्यूज/बेनी बेनी ९ पुष । म्याग्दी सुनचाँदी व्यवसायी संघ महिला समूहले आईतबार बेनी स्थित म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । समूहको प्रथम स्थापना दिवसको अवसर पारेर बालगृहमा रहेका ११ जना बालबालीकाहरुलाई टोपी र स्वीटर वितरण गरिएको हो । समूहका अध्यक्ष जानकी विश्वकर्माको अध्यक्षता, सचिव मिरा विश्वकर्माको सञ्चालन र प्रथम उपाध्यक्ष […]

म्याग्दीमा प्रकोप व्यवस्थापन तालीम सम्पन्न

विकल्प न्यूज/बेनी पुस ९ गते । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण गर्नुभएको थियो । […]

प्रकाश माविको ६५ औ स्थापना दिवस मनाइयो(फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुष ।    बेनीमा रहेको प्रकाश माविको ६५ औ स्थापना दिवस तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सामुदायीक विद्यालयले शैक्षिक […]

आगलागी पीडित सुवेदी परिवारलाई डेढलाख सहयोग जुट्यो

विकल्प न्यूज /जलजला पर्वत बेनी ९ पुष । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई एकलाख पचासहजार रुपियाँ सहयोग जुटेको छ । आर्थिक अवस्था कमजोर भएको सुवेदी परिवारलाई राहत प्रदान गर्नका लागि स्थानीयवासीहरुको सकृयतामा उक्त रकम संकलन गरिएको हो । जलजला ७ धाइरिङ सल्यान घर भई हाल बेनीबजार कालिपुलमा व्यवसाय गर्ने युवा […]

आगलागी पीडितलाई रघुगंगा गाउँपालिकाद्धारा राहत प्रदान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ । गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी […]

भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज भुतातोपानी ८ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो । अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले […]

तिप्ल्याङमा आगलागीबाट दुई वटा घर जलेर नष्ट, लाखौँको क्षति

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १/१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट […]

जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]

प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु (भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ । वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा […]

जलजला ७ धाइरिङमा आगलागी हुँदा घर जलेर ध्वस्त

विकल्प न्यूज/जलजला पर्वत पुस ७ गते ।   पर्वतको जलजला ७ धाइरिङमा गए राती आगलागी हुँदा एक घर जलेर ध्वस्त भएको छ । धाइरिङ सल्यान स्थित स्थानीय इन्द्रमणि सुवेदीको घरमा विहिवार राती ११ बजे आगलागी हुँदा घर पूर्णरुपमा जलेर ध्वस्त भएको हो । पशुचौपायालाई कुडो पकाउन सल्काएको आगो एक्कासी घरमा फैलिएपछि आगोलागि भएको वडा अध्यक्ष टुङगनाथ आचार्यले जानकारी […]

माओवादी केन्द्र म्याग्दीले दियो मतदातालाई धन्यवाद

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ पुष । नेकपा माओवादी केन्द्र म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावको समिक्षामा जुटेको छ ।  बेनी स्थित माओवादी पार्टी कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकले बिजयी उमेद्वारलाई बधाई, मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर दश गते पहिलो चरणमा भएको चुनावमा म्याग्दीमा एमाले र माओवादी केन्द्रको बाम […]