प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु (भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ७ पुष ।

Prakash Maviम्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ ।

वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन गरिएको थियो ।

¥यालीमा व्यवस्थापन समितिका पदाधीकारी, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागीता रहेको थियो । तिन दिनसम्म विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइने विद्यालयका शिक्षक बालकुमार रोकाले जानकारी दिनुभयो ।

विद्यार्थी र अभिभावकहरुबीच खेलकुद प्रतियोगिता समेत सञ्चालन भएको छ । आईतबार म्याग्दीका तिन जना सांसदहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर वार्षिक उत्सव समापन गरिने शिक्षक रोकाले जानकारी दिनुभयो ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयको ११ र १२ कक्षाममा विज्ञान विषयको पढाई हुने गरेको छ ।