ताजा समाचार:
Search

समाचार

विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनीको प्रकाश माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय प्रकाश माध्यमिक विद्यालय प्रथम भएको छ । म्याग्दी र पर्वत जिल्लाका १४ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा लिटिल गार्डेन बेनी र रघुगंगा माध्यमिक विद्यालय पिप्ले क्रमश द्वितीय र तृतीय हुन सफल भएका छन् । प्रथम हुने […]

प्रजातन्त्र दिवसको अवसरमा बेनीमा दीप प्रज्वलन

विकल्प न्यूज/बेनी फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर म्याग्दी जेसीजले सोमबार सांझ सदरमुकाम बेनीस्थित संगमचोकमा दीप प्रज्जवलन गरेको छ । एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा दिप प्रज्जवलन गरिएको हो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आथित्यता, पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू सुविन श्रेष्ठ, […]

रघुगंगाको मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो । रघुगंगा गाउँपालिका […]

बागलुङमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञः तयारी अन्तिम चरणमा

विकल्प न्यूज/बेनी फागुन ६ गते ।  सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागिएको महायज्ञ नेपालमै पहिलोपटक […]

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

विकल्प न्यूज/बेनी फागुन ६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ समाज युकेले प्रतियोगितामा छात्रा […]

भेडीगोठ धान्ने हिमबहादुर….

म्याग्दी, फागुन ६ गते ।  दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ […]

मंगलाको १७ औं गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु। दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय […]

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे निर्माण सुरु

म्याग्दी, फागुन ४ गते । बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका […]

राम मन्दिरलाई नदी कटानबाट जोगाउन पक्की तटबन्ध निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी(बेनी) फागुन ४ गते । कालिगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ । गलेश्वर क्षेत्रमा पर्ने पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित राम मन्दिर संरक्षण योजना अन्तर्गत कालिगण्डकी नदी किनारमा एकसय ३८ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गरिएको हो । […]

जनयुद्धका कमाण्डर आकाश माओवादी केन्द्रमा फर्किए

विकल्प न्यूज/बेनी फागुन ३ गते । तत्कालिन नेकपा माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर लालु किसान(आकाश) पुन नेकपा (माओवादी केन्द्र) मा फर्किनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाण्डौंमा किसानलाई पार्टीमा स्वागत गर्नुभएको छ । पार्टीका म्याग्दी संयोजक एवम् गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली […]

बेनीको प्रकाश माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम (फोटो फिचर)

विकल्प न्यूज/बेनी फागुन २ गते । आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ । आजकै दिनबाट बालबालिकाहरुलाई अक्षरारम्भ गराउने प्रचलन पनि छ । बेनीको प्रकाश माविले सरस्वती पूजाको अवसर […]

गण्डकी मन्त्रिपरिषद् वैठक पञ्चकोटको महायज्ञस्थलमा सम्पन्न

विकल्प न्यूज/बागलुङ बागलुङ,माघ २९ गते । बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् वैठक सम्पन्न भएको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बागलुङ नगरपालिका ६ स्थित ऐतिहासिक, धार्मिक स्थल पञ्चकोटमा गण्डकी सरकारको मन्त्रिपरिषद् वैठक बसेको […]

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन

विकल्प न्युज / बेनी माघ २८ गते । आईतवार सम्पन्न बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे  २४ ओै वार्षिक साधारण सभा तथा ११  ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा  राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , […]

बेनी खानेपानीको अधिवेशन ः दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्छ ः सांसद गर्बुजा

विकल्प न्यूज/बेनी माघ २८ गते । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीमा दुई बृहत खानेपानी आयोजनाको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ । आइतबार बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘म्याग्दीका दुई बृहत चिमखोला–भगवती–पिप्ले खानेपानी र घोप्टेखोला खानेपानी आयोजनाको […]

जनयुद्ध दिवसमा ताराखोलामा सार्वजनिक बिदा

ठाकुरप्रसाद आचार्य म्याग्दी,माघ २८ गते । जनयुद्ध दिवस फागुन १ गते बागलुङको ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । दशवर्षे जनयुद्धका क्रममा ताराखोला तत्कालिन माओवादीहरुको आधार इलाकाका रुपमा परिचित थियो । ताराखोला गाउँपालिकाले गत माघ १९ गते बसेको गाउँकार्यपालिकाको बैठकको निर्णय भन्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाद्धारा प्रकाशित सूचनामा […]